चीनको स्थिर अर्थतन्त्र नै विश्वको अर्थतन्त्रको "स्टेबलाइजर"
2022-03-10 10:34:22cri
Share with:


चीनको राष्ट्रिय जन काँग्रेसको पाँचौँ अधिवेशन मार्च ५ तारिखदेखि पैचिङमा चलिरहेको छ। सो सम्मेलनमा प्रस्तुत सरकारी कार्य प्रतिवेदनमा बितेको एक वर्षमा भएको विकास उपलब्धिको निचोड निकालिनुका साथै सन् २०२२ का महत्वपूर्ण कार्यहरूको बन्दोबस्ती गरिएको छ। यसै क्रममा ‘वृद्धिलाई स्थिर पार्नु नै निकै महत्वपूर्ण स्थानमा राखिएको’ विषय भएको औंल्याइएको छ।

चीनको लागि सन्२०२१को कोसे ढुँगाको भावार्थ रहेको छ। धेरै चुनौती तथा जोखिम उन्मुख भए तापनि चीनको अर्थतन्त्र सकारात्मक ढंगले विकसित भैरहेको छ। पूर्ण वर्षका मुख्य कार्यभारहरु अपेक्षाकृत राम्ररी पूरा भएका छन्। एक उल्लेखनीय विषय भनेको गत वर्ष चीनको अर्थतन्त्रको कूल मात्रा ११४४ खर्ब चिनियाँ युआन पुगेको छ। अमेरिकी डलरमा एक वर्षको वृद्धि ३० खर्ब अमेरिकी डलर बराबर छ भने यो विश्व अर्थतन्त्रको विकासको इतिहासमा अभूतपूर्व देखिन्छ।

हाल विश्वमा महामारीको निरन्तर प्रभाव तथा बाह्य वातावरणको जटिलता र अनिश्चितताको वातावरणमा चीनको आर्थिक विकाससामु कम माग तथा आपूर्तिमा धक्का र कमजोर अनुमान/अपेक्षा भन्ने ३ वटा दबाव देखा परेका छन्। यस्तो पृष्ठभूमिमा सन् २०२२मा चीनले गार्हस्थ उत्पादन  परिमाण (जीडीपी)को अपेक्षा नै वृद्धि दरलाई ५.५ प्रतिशत बराबर तोकिएको छ जसबाट चीनको आर्थिक विकास गर्ने क्रममा स्वदेशी र विदेशी परिस्थितिलाई राम्रोसँग सोच-विचार गरिएको छ साथै अर्थतन्त्रको संचालन अवस्थासँग पनि अनुकूल भएको छ। यस्तो निर्णयबाट स्थिरतालाई प्राथमिकता दिइएको देखिन्छ।

अपेक्षित आर्थिक वृद्धि दर बाहेक, अनुमोदनको लागि पेश गरिएको सरकारी कार्य प्रतिवेदनमा, अपेक्षित लक्ष्यहरू तोक्दा रोजगारी स्थिरता, जनताको जीवनयापनको प्रत्याभूति र जोखिम न्यूनीकरण लगायत "स्थिर वृद्धि" का यी प्रमुख क्षेत्रहरूलाई पनि विचार गरिएको छ।

"स्थिरता"को जग संरक्षण गरेपछि मात्र "अगाडि बढ्ने" धेरै सम्भावना हुन्छ। चालू वर्ष चीनले बाह्य विश्वसँग निरन्तर खुला गर्दै बढी भन्दा बढी देशहरूसँगको सहकार्यमा जीत जीत र बहुपक्षीय विजय हासिल गर्दै जाने छ।

चालू वर्ष चीनले नयाँ विकास विचारधारामा स्थिर वृद्धि र उच्च गुणस्तरीयता भन्ने माग पनि पूरा हुने छ। कठिनाई र चुनौती उन्मुख भएर सुद्दढ विकास गरिरहेकोमा चीन विश्वस्त छ। यस्तो विश्वास चीनको अर्थतन्त्रको बलियो तथा शक्तिबाट उत्पन्न भएको हो। विश्वको दोस्रो ठूलो आर्थिक समुदाय भएकाले चीनले वर्षैभरिका लक्ष्य र कार्यहरूलाई पूरा गर्न प्रयास गर्दै विश्व अर्थतन्त्रको पुनरुत्थानमा थप सकारात्मक ऊर्जा दिनेछ र विश्व अर्थतन्त्रको "स्टेबलाइजर" बन्दै जाने प्रयास गर्नेछ।