सी चिन फिङले दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सियोक-वुकलाई बधाई सन्देश पठाउनुभयो #चिनियाँराष्ट्राध्यक्ष
2022-03-11 14:58:37cri
Share with:

मार्च 10 तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले युन सियोक वुकलाई फोन गरेर उहाँलाई दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभयो।

 

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीन र दक्षिण कोरिया एकअर्काका नजिकका छिमेकी र महत्वपूर्ण सहयोगी साझेदार भएको कुरा औंल्याउनुभयो। दौत्य सम्बन्ध स्थापना भएदेखि नै चीन- दक्षिण कोरिया सम्बन्ध द्रुत गतिमा विकास भएको छ जसले दुई देशका जनतालाई ठोस लाभ पुर्‍याएको छ र क्षेत्रीय तथा विश्व शान्ति, स्थायित्व, विकास र समृद्धिको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याएको छ।

 

राष्ट्राध्यक्ष सी चिन फिङले यो वर्ष चीन र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको 30औँ वार्षिकोत्सव मनाउने बताउनुभयो, जुन दुई देशबीचको सम्बन्धको लागि ठूलो महत्वको छ भन्नुभयो। चिनियाँ पक्षले दक्षिण कोरियासँग मैत्रीपूर्ण सहयोगलाई प्रगाढ बनाउने र चीन-दक्षिण कोरियाली रणनीतिक सहयोगी साझेदारीको स्थिर र दीर्घकालीन विकासलाई प्रवर्द्धन गर्ने मौलिक उद्देश्यलाई कायम राख्न इच्छुक छ, जसले गर्दा दुइ देश र दुइ देशका मानिसहरूलाई फाइदा हुन्छ।