अमेरिकी जालबाट युरोप निस्कने बेला भयो
2022-03-11 18:35:14cri
Share with:

अमेरिकी प्रतिनिधि सभाले मार्च ९ तारिख मतदानबाट रुसका पेट्रोल, प्राकृतिक ग्यास र कोइला पत्थरको आयातमा निषेध गर्ने कानुनी प्रस्ताव पारित गरेको छ। यो अहिलेसम्म रुसमाथि अमेरिकाले लगाएको सबैभन्दा गम्भिर नाकाबन्दी हो। तथापि उक्त कुरा अमेरिकाले रुसमाथि नाकाबन्दी गरेको नभई युरोपेली संघमाथि नाकाबन्दी गरेको भन्दै युरोपका इन्टरनेट प्रयोगकर्ताहरुले औंल्याएका छन्।

युरोपका इन्टरनेट प्रयोगकर्ताहरुको विचार सही हो। रुस र युक्रेन बीच युद्ध भएदेखि अमेरिकाले युक्रेन समस्याको ऐतिहासिक कारकतत्व र आफूले नेटोलाई पूर्वतर्फ विस्तार गर्ने दोषलाई बेवास्ता गरी युरोपका गठबन्धन मुलुकहरुसँगै मिलेर रुसमाथि धेरै नाकाबन्दी गरेको छ। जसबाट तनावपूर्ण स्थिति अझ चर्कँदै आएको छ। तथापि धेरै नाकाबन्दीबाट भएको नकारात्मक नतिजा देखा परेको बेलामा युरोपले आफ्नो क्षति बढ्दै आएको थाहा पाएको छ।

हाल उर्जाको भाउ बढेको कुराबाट युरोपेलीहरु प्रभावित भएका छन्। रुसले युरोपेली संघलाई करिब ४५ प्रतिशत प्राकृतिक ग्यास आपूर्ति गरेको कारण रुसबाट आयात गर्ने पेट्रोल र ग्यासमाथि निषेध गरिँदा युरोपमा उर्जाको भाउ अझ बढ्ने र अभावको समस्या सामना गर्दैछ।

उर्जा बाहेक युरोपको खाद्य पदार्थको आपूर्तिमा पनि समस्या देखा परेको छ। युक्रेनलाई “युरोपको खाद्य पदार्थको भण्डार” मानिन्छ। युक्रेनको स्थिति विग्रँदै आएको सिलसिलामा गहुँ लगायत खाद्य पदार्थको भाउ पनि बढेको छ। त्यसका अतिरिक्त, युक्रेनका धेरै शरणार्थीहरुले छिमेकी मुलुकहरुमा प्रवेश गरेको कुराले युरोपलाई नयाँ चुनौति ल्याएको छ।

अरु गम्भिर समस्या सुरक्षाको समस्या हो। रुस र युक्रेन युरोपेली मुलुकहरुका छिमेकी हुन्। युक्रेनको स्थिति स्थिर भए मात्रै युरोप महाद्वीप सुरक्षित हुनसक्छ। तथापि युक्रेन संकट सिर्जना गरेको अमेरिकाले आफ्नो हतियार व्यापारमार्फत धेरै कमाउनुका साथै रुसलाई दबाव दिँदै युरोपमाथि कडा नियन्त्रण गरेको छ।

युरोपले अमेरिकी जालबाट निस्केर रणनीतिक स्वतन्त्रता गर्ने बेला भएको छ।