इजरेली स्केटिंग संघका अध्यक्षद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको प्रशंसा
2022-03-11 09:42:36cri
Share with:


पैचिङ हिउँदे ओलम्पिक खेलकुद सम्पन्न भएपछि विभिन्न प्रतिनिधि मण्डल पैचिङबाट स्वदेश फिर्ता भएका छन्। स्वदेश फर्किएका इजरेली स्केटिंग संघका अध्यक्ष बोरिस चैतले चाइना मिडिया ग्रुपका पत्रकारलाई अन्तर्वार्ता दिनुभयो। उहाँकाअनुसार, उहाँ धेरै हिउँदे ओलम्पिक खेलकुदमा सहभागी हुनुभएको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुदको विभिन्न कार्य सुचारु रुपमा सम्पन्न भएको छ। उहाँको मनमा गहिरो छाप परेको छ।

 

बोरिसकाअनुसार, पैचिङ हिउँदे ओलम्पिक खेलकुद ग्राम निकै ठूलो छ। विभिन्न प्रबन्ध निकै भरिपूर्ण छ। ओलम्पिक ग्राम एक सानो शहरजस्तै छ। उहाँले ओलम्पिक ग्रामको पसलमा शुभंकर पिङ तुनतुनआदि स्मारिकाहरू किन्नुभयो। उहाँले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको कार्यको प्रशंसा गर्नुभयो। बोरिस भन्नुहुन्छ “मेरो मनमा गहिरो छाप परेको कुरा के हो भने ओलम्पिक खेलकुदको प्रत्याभूति कार्य हो। प्रतियोगिता, ओलम्पिक ग्राम, यातायात, खाद्य-पदार्थलगायतको विभिन्न कार्य। किनभने सबै सामग्री स्वच्छताको प्रत्याभूति गरिनुपर्छ। सबै कार्य सटीक ढंगले प्रत्याभूति गरिनुपर्छ। कुनै पनि समस्याले ओलम्पिक ग्राममा प्रभाव पर्न सक्छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुदको ओलम्पिक ग्राम निकै सुचारु रूपमा संचालित भएको थियो। त्यसैले मेरो मनमा पहिरो छाप परेको छ। ओलम्पिक ग्रामका स्वयं सेवक-सेवीहरू देख्न पाइयो। उनीहरू निकै मैत्रीपूर्ण थिए। उनीहरूले हामीसँग भेट्दा नमस्ते, धन्यवाद भने। मलाई निकै खुशी लाग्यो।”

 

बोरिसले ओलम्पिक ग्रामको मिठो खानाको प्रशंसा गर्नुभयो। ओलम्पिक ग्राममा उहाँले पैचिङ रोस्ट डक मन पराउनुभयो। उहाँ भन्नुहुन्छ “मैले त्यति धेरै खाना नखाने विचार गरेको थिएँ। तर ओलम्पिक ग्रामको खाद्य-पदार्थ ज्यादै मिठो छ। मैले धेरै खाएँ। आबास पनि निकै राम्रो छ। अपार्टमेन्ट निकै स्वच्छ छ। ओलम्पिक ग्राम र प्रतियोगिता स्थलबीचको बसको आगमन र प्रस्थानको समयमा कुनै पनि समस्या थिएन।”

 

बोरिसकाअनुसार, हरेक प्रतिनिधि मण्डलका खेलाडीहरूबीच निकै मैत्रीपूर्ण भावना रह्यो। खेलाडीहरूले प्रतियोगिता स्थलमा प्रतिस्पर्धा गरेका थिए तर प्रतियोगिता सम्पन्न भएपछि निकै मैत्रीपूर्ण भए। बोरिस भन्नुहुन्छ

 “ओलम्पिक खेलकुदले सबैलाई भेला गरेको छ। मैले सबै जनाले ओलम्पिक भावनाको अनुभव गर्नसक्ने आशा लिएँ। सबैजनाको छालाको रंग फरक, भाषा फरक भएता पनि हामी एउटै संसार र एउटै पृथ्वीमा बस्छौं। हामीले सहअस्तित्व, सहकार्य र पारस्परिक मद्दतको तरीका खोज्नुपर्छ।”

 

बोरिसले पैचिङमा चीनको बरफ र हिउँ खेलको विकासको अनुभव गर्नुभयो। चीनले हिउँदे ओलम्पिक खेलकुदमार्फत् तीस करोड जनता बरफ र हिउँ खेलमा संलग्न हुन थालेको कुराको पनि उहाँले प्रशंसा गर्नुभयो। उहाँ भन्नुहुन्छ “तीस करोड जना, तीस करोड जना। चीन पहिले सहभागी नभएका केही प्रतियोगिताहरूमा चीनले लामो बाटो हिँड्नुपर्छ। तर मेरो विचारमा चीनले भविष्यमा उपलब्धि हासिल गर्ने छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुदले चीनलाई धेरै शक्ति उपलब्ध गराएको छ। आगामी हिउँदे ओलम्पिक खेलकुदमा चीनको अझै शक्तिशाली टोली हुने विश्वास मैले लिएँ।”