युक्रेनमा अँध्यारो अमेरिकी जैविक प्रयोगशाला
2022-03-12 16:19:33cri
Share with:

विदेशी सञ्चार माध्यमका अनुसार, विश्व स्वास्थ्य संगठनले हालै युक्रेनको सार्वजनिक स्वास्थ्य प्रयोगशालामा राखिएको उच्च जोखिमको जिवाणुलाई नष्ट पार्ने राय-सुझाव दिएको छ। जसबाट रुस र युक्रेन बीचको युद्धमा परी जिवाणु बाहिर निस्केर सार्वजनिक स्वास्थ्यमा खतरा ल्याउनबाट जोगाउन सकिनेछ। अमेरिकाले युक्रेनमा सैनिक जीवविज्ञान योजना कार्यान्वयन गर्ने सम्बन्धमा रुसले हालै जनाएको कुराबारे सोच विचार गर्दा अमेरिकाको काममा अन्तर्राष्ट्रिय समाजको व्यापक शंका छ।

रुसको राष्ट्रिय रक्षा मन्त्रालयले मार्च १० तारिख सार्वजनिक गरेको पछिल्लो समाचार अनुसार, अमेरिका तथा नेटोमा रहेका अमेरिकी संगाती मुलुकहरुले युक्रेनमा जैविक हतियारको अनुसन्धान गरिरहेका छन्। यो खबर साँचो हो भने अमेरिकाले यस्तो योजनाको उद्देश्य के हो भनेर व्याख्या गर्नुपर्छ।

तथापि उक्त खबरमा जनाइएपछि अमेरिकाका धेरै अधिकारीहरुको भनाइ फरक रुपमा आएको छ। उदाहरणका लाग अमेरिकी उप-विदेश मन्त्री भिक्टोरिया नुलाण्डले युक्रेनमा “जीवको अनुसन्धान प्रबन्ध” रहेको स्वीकार गर्नुभएको छ। तथापि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेद पराइसले युक्रेनमा अमेरिकाको कुनै पनि जीव प्रयोगशाला रहेको अस्वीकार गर्दै वाह्य क्षेत्रले “झुटो” प्रचार गरेको भन्दै आरोप लगाउनु भएको छ।

अमेरिकाले जसरी पनि लुकाउन खोजेतापनि विश्वमा युक्रेन लगायत मुलुकहरुमा ३ सय भन्दा बढी अमेरिकी जीव प्रयोगशालाको नियन्त्रण गरेको प्रमाणित छ। रुसले प्राप्त गरेको दस्ताबेज अनुसार, युक्रेनमा रहेका दर्जनौं जीव प्रयोगशालाहरु अमेरिकी राष्ट्रिय रक्षा मन्त्रालयको आदेशमा चलेका हुन्। अमेरिकाले यी प्रयोगशालाहरुका लागि २० करोड अमेरिकी डलर भन्दा बढी लगानी गरिसकेको छ। त्यसका अतिरिक्त, अमेरिकाले युक्रेनको जीव प्रयोगशालामा चमेरालाई जीव हतियार बोक्ने साधन बनाएको परियोजना कार्यान्वयन गरेको छ।

विश्वका सर्वसाधारणको स्वास्थ्यका लागि विश्व स्वास्थ्य संगठनले युक्रेन लगायत विश्वमा अमेरिकाका विभिन्न जीव प्रयोगशालाहरुलाई जांच्न आवश्यक्ता छ।