चीन सरकारको समर्थन दर किन बृद्धि हुँदै आएको छ?
2022-03-12 20:01:34cri
Share with:

मार्च ११ तारिख दुई अधिवेशन सम्पन्न भएपछि प्रधानमन्त्री ली खछ्याङले पत्रकार सम्मेलनमा बितेका वर्ष जस्तै जनजीवन यथावत् रूपमा ध्यानाकर्षणको विषय बनिसकेको बताउनु भएको छ। चिनियाँ सर्वसाधारणका लागि हरेक वर्षका दुई अधिवेशनबाट जनजीवनको उपहार पाउन सक्ने उहाँले उल्लेख गर्नुभयो।

रोजगार सबभन्दा ठूलो प्रजातन्त्र हो। बेरोजगारी समस्याको समाधान गर्नका लागि बजारको मुख्य समुदायलाई प्रत्याभूति दिनुपर्छ। ठूला र मझौला व्यवसायको तुलनामा ससाना र माइक्रो व्यवसाय र निजी उद्योग वाणिज्यमाथि महामारीले पारेको असर झन् गम्भीर देखिन्छ। ती साना र निजी व्यवसायहरूको संख्या निकै बढी भएकाले अत्यधिक रोजगारीलाई आघात गरेको छ। प्राप्त तथ्याङकका अनुसार, चीनभरि बजारको मुख्य समुदाय १५ करोड रहेको छ। तीमध्ये निजी उद्योग वाणिज्यको संख्या १० करोड पुगेकाले लगभग ३० करोड मानिसको बेरोजगारी समस्याको समाधान गरेको छ। यस दृष्टिबाट हेर्दा मुख्यत: ससाना र माइक्रो व्यवसाय र निजी उद्योग वाणिज्यको ख्याल विचार गर्नु ज्यादै महत्वपूर्ण र आवश्यक हुन्छ।

यसका अतिरिक्त चीन सरकारले चिकित्सा बीमा, शिक्षा लगायतका आधारभूत जनजीवन प्रत्याभूति प्रणालीलाई निरन्तर रूपमा पूर्णता दिलाउँदै आएको छ। चालु वर्ष चीन सरकारले ग्रामीण क्षेत्र र दुर्लभ क्षेत्रको अनिवार्य शिक्षा सम्बन्धी लगानी लगाउने शक्तिलाई अझ बढाउँदै जाने योजना रहेको छ। ती वास्तविक कदमबाट सजिलोसँग के बुझेको छ भने किन चीन सरकारको समर्थन दर बढ्दै आएको देखिन्छ।