हिउँदे ओलम्पिक खेलकूद सँगसँगै सिन्च्याङमा बरफ उद्योगको विकास
2022-03-14 10:18:38CRI
Share with:


पैचिङ हिउँदे ओलम्पिक खेलकूदको प्रभावमा बितेका वर्षहरूमा सिनच्याङमा बरफ पर्यटनको विकास भइरहेको छ। यसै क्रममा बरफ अनुभव, तालिम र पर्यटन देखा पर्न थालिएको छ। सिन्च्याङमा हिउँ र बरफ जस्ता ‘चिसो स्रोत’ लाई उच्च गुणस्तरीय विकास गर्ने ‘तातो अर्थ’ मा परिणत गरिँदै आएको छ। एक सूचना अनुसार, हिउँदे ओलम्पिक खेलकूदको पहिलो सातामा सिन्च्याङ भ्रमणमा गएका पर्यटकहरूको संख्या करिब ३६ लाख थियो। हालसम्म सिन्च्याङमा ७२ वटा स्की स्थलको निर्माण भइसकेको छ र १२ वटा शहर, जिल्लामा बरफ सम्बन्धि महोत्सवको आयोजना गर्दैआएको छ। 

पैचिङ हिउँदे ओलम्पिक खेलकूद सम्पन्न भए तापनि चीनमा स्की उपभोग बढ्दै गइरहेको छ। गत मार्चमा आयोजित दुई अधिवेशनमा सिन्च्याङ नोर्मल विश्वविद्यालयका उप कूलपति कुलीपाली अब्दुलले सिनच्याङमा बरफ उद्योगको विकासबारे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँले सिन्च्याङका विश्वविद्यालयहरूमा बरफ खेलको प्रसार गर्दै सम्बद्ध विषयमा कक्षा खोलेर पेशागत दक्ष व्यक्ति हुर्काउन आग्रह गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, सन् २०२५ सम्म सिनच्याङलाई चीनमा बरफ खेलको गन्तव्य स्थल बनाउने लक्ष्य लिएको छ। सिन्च्याङले बरफ उद्योगको उच्च गुणस्तरीय विकास सम्बन्धि विविध कदम चालिरहेको छ।