पैचिङ हिउँदे ओलम्पिक खेलकुद सफल रहेको टर्कीको ओलम्पिक खेलकुद प्रतिनिधि मण्डलका प्रमुखको भनाई
2022-03-14 10:30:04cri
Share with:


पैचिङ हिउँदे ओलम्पिक खेलकुद सम्पन्न भएको छ। ७ जना खेलाडीबाट गठित टर्कीको प्रतिनिधि मण्डल ओलम्पिक खेलकुद प्रतियोगितामा भाग लिई टर्की फर्किसकेको छ। सो प्रतिनिधि मण्डलका प्रमुख अरदेम दोगनले हाम्रा पत्रकारलाई अन्तर्वार्ता दिँदै कोरोना महामारीको सामना गरे तापनि पैचिङ हिउँदे ओलम्पिक खेलकुद सफल रहेको बताउनुभएको छ।

 

टर्कीको राष्ट्रिय ओलम्पिक समितिमा कार्यरत दोगनले गत वर्ष कोरोना महामारीको अवधिमा आयोजित टोकियो ओलम्पिक खेलकुदमा भाग लिनुभएको थियो। गम्भिर महामारीको स्थितिमा ओलम्पिक खेलकुद जस्तै ठूलो परिमाणको प्रतियोगिताको आयोजना गर्न निकै गाह्रो रहेको उहाँको ठहर छ। तथापि पैचिङ हिउँदे ओलम्पिक खेलकुदको संगठित कार्य निकै सफल रहेको उहाँको भनाई छ। उहाँ भन्नुहुन्छ,

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको व्यवस्थापन कार्य निकै राम्रो थियो। रंगशालाहरु र खेलाडीहरु बस्ने हिउँदे ओलम्पिक गाउँको डिजाइन राम्रो थियो। विशेष गरी महामारीको पृष्ठभूमिमा पैचिङ हिउँदे ओलम्पिक खेलकुद उत्कृष्ट थियो।

 

दोगनका अनुसार, विभिन्न प्रतियोगिता भएको हुनाले टर्कीका ७ जना खेलाडीहरु पैचिङ, यान छिङ र चाङ च्या खौ ३ वटा ओलम्पिक गाउँमा बसेका थिए। खेलाडी र प्रशिक्षकहरुको अस्थायी घरको रुपमा ओलम्पिक गाउँ खेलाडीहरुकालागि आराम गर्न तथा कुशल प्रदर्शनका लागि एकदम निर्णायक थियो। यी तीनटा ओलम्पिक गाउँप्रति दोगन सन्तोष व्यक्त गर्दै भन्नुहुन्छ,

ओलम्पिक गाउँमा हाम्रो कोठामा रहेका फर्निचरका डिजाइन र सजावट धेरै राम्रो र आनन्ददायी थियो। खाट र अरु उपकरणहरु पनि गुणस्तरिय थिए ओलम्पिक गाउँमा बसेर हामीलाई धेरै सन्तोषलागेको थियो

 

दोगनले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको यातायात कार्य, विशेष गरी क्स्प्रेस रेलको प्रशंसा गर्नुभयो। पैचिङ हिउँदे ओलम्पिक संयोजन समितिले हरेक प्रतिनिधि मण्डलका लागि विशेष बस मिलाएको थियो, तैपनि दोगनले क्स्प्रेस रेल अझै मन पराउनुभयो। उहाँ भन्नुहुन्छ,

क्स्प्रेस रेल हाम्रा लागि धेरै सुविधाजनक थियो। चाङ च्या खौ ओलम्पिक गाउँबाट पैचिङ ओलम्पिक गाउँसम्म बसबाट तीन घण्टा लाग्छ, तथापि क्स्प्रेस रेलबाट पचास मिनेटमा पुग्नसकिन्छ। र क्स्प्रेस रेलको सीट आनन्ददायी थियो

दोगनले पैचिङ हिउँदे ओलम्पिक खेलकुदका स्वयंसेवकहरु आफूले भाग लिएका सबै ठूला परिमाणका प्रतियोगिताहरुमध्ये उच्चस्तरीय स्वयंसेवकहरु भएको समेत ठहर गर्नुभयो। उहाँ भन्नुहुन्छ,

पैचिङ हिउँदे ओलम्पिक खेलकुदका स्वयंसेवकहरुले हामीलाई ठूलो सघाउ पुर्‍याएकोमा म धन्यवाद दिन चाहन्छु। अहिलेसम्म मैले भाग लिएका सबै ठूला परिमाणका प्रतियोगिताहरुमध्ये उनीहरु उच्चस्तरीलाग्यो। उनीहरु नभएमा हाम्रो कार्य निकै कठिन हुने थियो। स्वयंसेवकहरु हामी र प्रतियोगिता बीच एउटा पूल बनेका थिए। यहाँ चिनियाँ स्वयंसेवकहरुलाई फेरिधन्यवाद दिन चाहन्छु।

 

दोगनले पैचिङ २००८ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजनामार्फत ग्रीष्मकालीन ओलम्पिक खेलकुदको इतिहासमा चीन सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका मुलुकहरुमध्ये ए बनिसकेको प्रकट गर्नुभयो। पैचिङ हिउँदे ओलम्पिक खेलकुदको सफल आयोजनाले चीनमा हिउँदे खेलको विकासलाई अघि बढाउने विश्वास उहाँले लिनुभयो। उहाँ भन्नुहुन्छ,

मैले यहाँ धेरै रंगशाला र उपकरणहरु देखेँ। प्रशस्त खेलाडीहरुलाई तालिम दिनका लागि तिनीहरुको डिजाइन र उत्पादन गरिएको हो। शर्ट ट्राक स्पिड स्केटिङ, स्पिड स्केटिङ र फिगर स्केटिङ लगायत बरफ खेलमा चीन विश्वको सर्वोच्च स्तर रहेको छ। पहिले हिउँ खेलमा चीन तुलनात्मक कमजोर थियो, तथापि यस पटक हिउँ खेलमा पनि ठूलो प्रगति हासिल गरेको छ। हिउँदे ओलम्पिक खेलकुदको आयोजनामार्फत चीनमा अरु बढी उत्कृष्ट खेलाडीहरु देखा पर्ने मेरो विश्वास छ।