अमेरिकी पक्षले आफ्ना नेताका वाचाहरू कार्यान्वयन गर्नुपर्छ
2022-03-15 18:52:17CRI
Share with:

स्थानीय समय अनुसार मार्च 14 तारिख चीन र अमेरिकाबीच नयाँ चरणको उच्चस्तरीय बैठक इटालीको राजधानी रोममा सम्पन्न भयो। यस भेटमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको विदेश मामिला कार्यालयका निर्देशक याङ चे छ र अमेरिकाको राष्ट्रिय सुरक्षा मामिलाका लागि राष्ट्रपतिका सहायक जेक सुलिभानले भेटवार्ता गर्नुभएको थियो। दुवै पक्षले चीन-अमेरिका सम्बन्ध र अन्तर्राष्ट्रिय मुख्य मुद्दाहरूमा स्पष्ट, गहिरो र रचनात्मक सञ्चार गरेका छन्। दुवै पक्षले दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई संयुक्त रूपमा कार्यान्वयन गर्न र चीन-अमेरिका सम्बन्धलाई स्वस्थ र स्थिर विकासको सही मार्गमा फर्काउनका लागि सर्तहरू पालना गर्न सहमति जनाएका छन्।

 

गत नोभेम्बरमा दुई राष्ट्र प्रमुखबीच भएको भिडियो बैठकपछि चीन र अमेरिकाका उच्चस्तरीय अधिकारीहरूले अफलाइन आदानप्रदान गरेको यो पहिलो पटक हो। दुई राष्ट्र प्रमुखबीच भएको सहमतिलाई कार्यान्वयन गर्नु चीन-अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कार्य हो। विगत चार महिनामा चीनले दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न कडा मिहिनेत गरिरहेको छ तर अमेरिकी प्रतिवद्धता हावामा उडिरहेको छ। अमेरिकाले जे गरेको छ त्यो आफ्नै प्रतिवद्धताको विपरीत छ, जसले चीन-अमेरिका सम्बन्धलाई ट्रयाकमा फर्काउन थप अवरोधहरू खडा गरेको छ।

 चीन र अमेरिकाबीचको यस उच्चस्तरीय बैठकमा चीनले थाइवान, सिन्च्याङ, तिब्बत र हङकङका मुद्दाहरूमा चीनको आन्तरिक मामिला भएको औंल्याउदै पुनः आफ्नो अडान प्रकट गरेको छ। चिनियाँ पक्षले यी मुद्दाहरूमा बाह्य शक्तिहरूले हस्तक्षेप गर्न नसकिने र चीनलाई दबाउन खोज्ने कुनै पनि प्रयास असफल हुने बताएको छ।

 

विश्वको सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धको रूपमा चीन-अमेरिका सम्बन्धको महत्त्व द्विपक्षीय दायराभन्दा बाहिर गएको छ र विश्व शान्ति र स्थिरता कायम राख्न विशेष जिम्मेवारी वहन गर्दछ। हाल युक्रेनको अवस्था अन्तर्राष्ट्रिय समुदायको सबैभन्दा चिन्ताको मुद्दा बनेको छ र चीन र अमेरिकाबीचको उच्चस्तरीय बैठकमा पनि यस विषयमा छलफल भएको छ। चीन शान्ति वार्ताको प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय समुदायले संयुक्त रूपमा रूस-युक्रेन शान्ति वार्तालाई समर्थन गर्नुपर्छ, ठोस नतिजा हासिल गर्न र परिस्थितिलाई चिसो पार्ने प्रवर्द्धन गर्नुपर्छ भन्ने पक्षमा छ। युक्रेन संकटको शुरुवातकर्ताका रूपमा अमेरिकी पक्षले यी सुझावहरूलाई होसियारीसाथ पालन गर्नुपर्छ र युक्रेन संकटको राजनीतिक समाधानका लागि व्यवहारिक कुरा गर्नुपर्दछ, उल्टो वा चीनको अडानलाई विकृत र बदनाम गर्न गलत सूचना फैलाउनुको सट्टा।