चीन र अमेरिका वार्ता
2022-03-15 09:22:51cri
Share with:

स्थानीय समय मार्च १४ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनैतिक ब्युरोका सदस्य एवम् विदेशी मामिला कार्यालयका प्रमुख याङ चे छले अमेरिकी राष्ट्रपति राष्ट्रिय सुरक्षा मामिला सहायक ज्याक सुलिवानसँग इटालीको रोममा भेटवार्ता गर्नुभएको छ। दुई पक्षले चीन अमेरिका सम्बन्ध र साझा अभिरूचीका अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलाबारे गहिरो रूपमा बैचारिक आदानप्रदान गर्नुभएको छ।

 

चिनियाँ नेता याङले राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ युगमा चीन र अमेरिकाले आपसी कदर गर्ने, शान्तिपूर्ण सहअस्तित्व गर्ने र साझा विजय हुने नियमको पालना गर्नुपर्ने औँल्याउनुभएको र राष्ट्रपति जो बाइडेनले पनि यसलाई सक्रिय प्रतिक्रिया दिनुभएको उल्लेख गर्नुभयो। राष्ट्रपति बाइडेनले नयाँ शीत युद्ध नचाहने, चीनको शासन प्रणाली परिवर्तन नचाहने, थाइवान स्वतन्त्रतालाई समर्थन नदिने र चीनका विरूद्ध नलाग्ने लगायतका महत्वपूर्ण प्रतिबद्धता व्यक्त गर्नु भएको याङले जानकारी दिनुभयो। हाल अन्तर्राष्ट्रिय अवस्थामा, चीन र अमेरिकाले वार्ता र सहयोगलाई सबल हुँदा दुई मुलुकको जनताको हितअनुकूल मात्र नभई अन्तर्राष्ट्रिय समाज र विश्व जनताको हितअनुकूल हुने नेता याङले व्यक्त गर्नुभयो।