#अल्पसंख्यक जाति# काला गाउँको नयाँ सुखमय जीवन-2
2022-03-15 11:29:38CRI
Share with:

काला गाउँ तिब्बती लिनच शहरको प्रसिद्ध आरुको फूल गाउँ र ग्रामीण पुनरूत्थान भएको गाउँ हो। सन् २०२१ जुलाइमा राष्ट्राध्यक्ष सी चिनफिङले यहाँको निरीक्षण गर्दा गाउँले तावाको घरमा गफ गर्नुभयो। सो अवसरमा तिब्बतको विकास गर्न चिनियाँ कम्युनिष्ट पार्टी कन्द्रिय समितिको नीति राम्ररी कार्यान्वयन गरेर ग्रामीण पुनरूत्थानलाई अघि बढाउने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

 

दावाले भने, “महासचिव सीले हाम्रो घर आएको दिन नै हाम्रो परिवारका लागि सुखमय दिन हो। जीवनभरि बिर्सन सक्दिन।”  

काला गाउँसँग प्रशस्त पर्यावरणीय पर्यटन श्रोत छ। गत वर्ष पर्यटनबाट गाउँको आम्दानी ४६ लाख युआन पुगेको थियो। गाउँका पूरै ३३ परिवारले लाभांश पाएका छन्। दावा परिवारले पनि धेरै पैसा कमाएको छ। उनका अनुसार, गत वर्ष पूरै परिवारको आम्दानी कुल १ लाख ५ हजार ३११ युआन रहेको छ।

दावाको परिवारमा परिवर्तन मात्र होइन। महासचिव सीको निरीक्षणपछि काला गाउँको पुनरूत्थान मार्ग अझै स्पष्ट बनेको छ। पर्यावरणीय मूल्य अन्वेषण गर्नुका साथै कृषि परिसर, काला पर्यटन कार्यक्रमको निर्माणमार्फत् गाउँको सामूहिक अर्थव्यवस्था क्रमशः विकसित हुँदैछ। गाउँलेहरूले जग्गामार्फत् शेयर लिने वा पूँजी दिने तरिकाबाट फलफूल टिप्ने पार्क स्थापना गरेका छन्। त्यो पार्कमा हिउँदे सर्स्यूँ, जौ र अरू किसिमका फूलहरू रोपिएका छन्। जसले पर्यटन श्रृंखलाको विस्तार गरेको छ। गत सेप्टेम्बरदेखि गाउँले चार रातो पर्यटन मार्गको विकास गरेर अनेकन सांस्कृतिक रचनात्मक उत्पादनको सिर्जना गरेको छ।

काला गाउँका लागि कार्यरत मण्डलका सदस्य ह्वाङ हाइफनले यसरी चर्चा गर्छिन्-

“यो हाम्रो पहिलो सांस्कृतिक रचनात्मक उत्पादन हो। त्यसमा यहाँ जातीय एकीकृत तथा प्रगति फूल फुलेको ठाउँ हो भन्ने शब्द लेखिएको छ। यो महासचिवले हामीले यहाँ भ्रमण गर्दा प्रस्तुत गर्नुभएको हो। जसले बासिन्दाका लागि आय वृद्धिको मञ्च पनि बढाएको छ। विविध उद्योग प्रकारको विकासमार्फत् हाम्रो गाउँको सामूहिक अर्थव्यवस्थाको अझै विकास र बलियो बनाइएको छ।”

 

"स्वच्छ पानी र हरिया पहाड, सुन र चाँदी हुन्"। महासचिव सीले निरीक्षणपछि काला गाउँले बैंकसँग सहयोग गरेर गाउँलेहरूको क्रेडिट लाइनलाई बैंकमा हरियो अंकहरूसँग मिलाएको छ। अंक बढी भएका गाउँले अझ बढी क्रेडिट लाइन पाउन सक्छन्। हाल वातावरण संरक्षणको लागि गाउँलेहरूको चेतना धेरै बढेको छ। गाउँमा सबैले सक्रिय रूपमा फोहोर सफा गर्छन् र नजिकैका पहाड र जंगलमा गाउँलेहरू सकारात्मक रूपमा गस्ती गर्छन्।

 तिब्बती लिनच शहरी चपा गाउँका प्रमुख पेम्बाले यसरी जानकारी दिनुभयो-

"जङ्गली आरुको रुखलाई राम्रोसँग संरक्षण गर्नुपर्ने महासचिवले बताउनुभयो। हामीले  महासचिवको निर्देशन क्रमशः कार्यान्वयन गर्नेछौं, उच्च गुणस्तरको विकास गरेर हाम्रो जन्मस्थलको राम्ररी निर्माण गर्नुका साथै जनताको जीवनस्तरलाई झन् झन् राम्रो बनाउँछौं। जाति जातिबीचको एकता सुदृढ गरेर सुखी र सुन्दर तिब्बतको निर्माण गर्छौं।"