चीनमा बालिका तथा किशोरको हक-अधिकारमा विशेष ध्यान
2022-03-15 11:21:06CRI
Share with:

नेपालमा जस्तै चीनमा पनि छोरीभन्दा छोराप्रति बढी महत्व दिने विचार र चलन थियो। बितेका वर्षहरूमा चीन सरकार तथा चिनियाँहरूको संयुक्त प्रयासमा बालिका र किशोरीको हक-अधिकारको प्रत्याभूतिको परिधि बढ्दै गइरहेको छ र सम्बद्ध प्रणालीबद्ध कानुन नियमको सुधार तथा कार्यान्वयन पनि भइरहेको छ। ती प्रयासको प्रतिफल स्वरूप चिनियाँ समाजमा ती पुरानो विचार तथा चलन पनि हट्दै गएका छन्। 

सन् २०२२ को फेब्रुअरी २५ तारिख चीनमा मानवअधिकारको विकास बाटो सम्बन्धी बैठकलाई सम्बोधन गर्दै चीनका राष्ट्राध्यक्ष सी चिनिफिङले  सम्पूर्ण जनता विशेष गरी किशोर किशोरीमाझ मानवअधिकार सम्बन्धी ज्ञान तथा बोधलाई फैलाउनुपर्ने औंल्याउनुभएको छ।