चिनियाँ राष्ट्राध्यष सी चिनफिङद्वारा इन्डोनेसियाली समकक्षी जोको विदोदोसँग टेलिफोन वार्ता
2022-03-16 19:54:03CRI
Share with:

मार्च 16 तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोसँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले चीन र इन्डोनेसिया दुवै प्रमुख विकासोन्मुख देश र उदीयमान अर्थतन्त्रका प्रतिनिधि भएको औंल्याउनुभयो। उहाँले विश्वमा आएको एक शताब्दीको परिवर्तन र शताब्दीको महामारीको सामना गर्दै दुई देशले राजनीतिक, आर्थिक, सांस्कृतिक र समुद्री सहयोगमा नयाँ ढाँचा निर्माण गर्न मिलेर काम गरेको बताउनुभयो। उहाँले चिनियाँ पक्ष इन्डोनेसियासँग घनिष्ठ सञ्चार कायम राख्न, चीन-इण्डोनेसिया मैत्री सहयोगको निरन्तर नयाँ विकासलाई प्रवर्द्धन गर्न र यस क्षेत्र र विश्वको समग्र विकासमा स्थिरता र सकारात्मक ऊर्जा थप्न इच्छुक रहेको बताउनुभयो।

 

प्रत्युत्तरमा इण्डोनेसियाली राष्ट्रपति विदोदोले चीनको दुई अधिवेशन सफलतापूर्वक समापन हुनुका साथै पैचिङ हिउँदे ओलम्पिक र पारा ओलम्पिकको पूर्ण सफलताको लागि बधाई ज्ञापन गर्नुभयो। उहाँले हाल इन्डोनेसिया र चीनबीचको द्विपक्षीय व्यापार र लगानी सहयोग तीव्र गतिमा बढेको बताउनुभयो। इन्डोनेसिया दुई देशका जनताको हितका लागि निर्धारित समय अनुसार जकार्ता-बान्डुङ उच्च गतिको रेलमार्ग निर्माण गर्न चीनसँग मिलेर काम गर्न इच्छुक रहेको पनि उहाँले बताउनुभयो।