विकासोन्मुख मुलुकहरूको स्वतन्त्र विकास क्षमता वृद्धि तरिका
2022-03-16 16:33:26CRI
Share with:


आफ्नो अनुहार स्क्यान गरेर ऋण लिन सकिन्छ। अनि घरमै बसेर पनि ऋण लिन सकिन्छ। खेतीपाती र घरेलु पशुधनको बीमा गर्न पाइन्छ... यस्ता सुविधाजनक वित्तीय सेवाहरू चीनका केही ग्रामीण क्षेत्रमा परीक्षणात्मक रूपमा चलिरहेका छन्।

 

"डिजिटल डिभाइड" ले विकासको गति र उपलब्धिहरूको बाँडफाँडमा प्रतिबन्ध लगाउँछ भन्ने सर्वविदित कुरा हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङको किताबमा यसरी जोड दिइएको छ कि विकासोन्मुख देशहरूको स्वतन्त्र विकास क्षमतालाई बढाउँदा डिजिटल डिभाइड नै महत्त्वपूर्ण बाधा भएको पाइन्छ। डिजिटल डिभाइडलाई हटाउनुको उद्देश्य बढीभन्दा बढी मानिसहरू डिजिटल अर्थतन्त्रको विकासबाट फाइदाहरू पाउनु हो।

चीनले यस्तो भनेको छ र यसरी गरिरहेको छ। चीनको डिजिटल सिल्क रोड निर्माण योजना लगायतका योजनाहरूको कार्यान्वयनसँगै निकट भविष्यमा, बेल्ट एन्ड रोड सम्बद्ध देशहरूमा किसानहरूले पनि डिजिटल अर्थतन्त्रले ल्याएको सुविधा र फाइदाहरू पाउने विश्वास गरिएको छ।