तिब्बतमा बसन्त
2022-03-16 15:04:33cri
Share with:
बसन्तको आगमनसँगै तिब्बतमा पर्यटकको चहलपहल बढेको छ। ल्हासा सहरको नोर्बुलिङ्का पार्कमा तिब्बती नागरिक र चीनका अरू प्रान्तका पर्यटकहरूको भीड देखिन्छ। ल्हासाको वाणिज्य क्षेत्र बारखोर सडकमा धेरै पर्यटकहरूले परम्परागत तिब्बत पोशाक लगाएर फोटो खिचिरहेका छन्। केही वर्ष यता, तिब्बतका विभिन्न पर्यटन गन्तव्यमा पर्यटकले स्थानीय पोशाक लगाएर फोटो खिच्ने काम निकै लोकप्रिय बनेको छ।