छाङ फिङको लडाइँ-1
2022-03-16 09:38:28cri
Share with:

ईसा पूर्व चौथो शताब्दीमा चीनको युद्ध राज्यकालताका छिन राज्यले कानूनी सुधार गरेका कारण यो राज्य दिनप्रति दिन शक्तिशाली हुंदैआएको देखिन्छ । छिन चाओ वाङ नामका राजाको शासन-अवधिमा छिन राज्य सातवटा शक्तिशाली राज्यहरुमध्येको एक बनिसकेको थियो । छाङ फिङ भन्ने ठाउँमा भएको लडाइँ छिन राज्यले अन्त्यमा गएरु चीनको एकीकरण गर्नुअघि भएको सबैभन्दा ठूलो लडाइँ थियो । 

हान, वै, यान् चाउ राज्यहरु छिन राज्यका छिमेकी राज्य थिए । छिन राज्यद्बारा चलाइएको विस्तारको नीतिलाई नियन्त्रण गर्नका लागि ती चारवटा राज्यले खुकुलो गठबन्धन स्थापना गरेका थिए । ती चारवटा मुलुकहरु मध्ये चाउ राज्य सबैभन्दा शक्तिशाली थियो भने वै राज्य सबैभन्दा दुर्बल थियो । ईसापूर्व 268देखि छिन राज्यले पहिले नै सेना पठाएर वै राज्यमाथि हमला गरेको थियो र वै राज्यलाई आफ्नो अधिनमा पर्न बाध्य तुल्याएको थियो त्यसको लगत्तै छिन राज्यले हान राज्यमाथि हमला गर्‍यो । हान राज्यका राजाले निकै डराएर छिन राज्यसित शान्ति गर्न भनी ताङ च्युन अर्थात अहिलेको चीनको वल्लो शान्सी प्रान्तको छाङ ट छिन राज्यलाई अर्पण गर्ने इच्छा व्यक्त गर्दै एकजना दूत पनि छिन राज्यका राजाकहाँ पठाएका थिए । तर हान राज्यको शाङ ताङका प्रमुख प्रशासक फङ थिङ त्यस निर्णयका विरोधी थिए । हान र चाउ राज्यको एकताको प्रबर्द्धनका लागि फङ थिङले खुशी साथ शाङ ताङ चाउ राज्यलाई दिएका थिए । 


चाउ राज्यका राजाले भविश्यका बारेमा नसोचिकनै शाङ ताङलाई आफ्नो भू-भागमा गाभेका थिए। फलस्वरुप छिन राज्य क्रोधित भयो । ईसा पूर्व 261मा छिन राज्यका राजाले शाङ ताङमाथि हमला गर्न भनी जनरल वाङ छेनलाई आदेश दिए । शाङ ताङमा तैनाथ चाउ राज्यका सेनाले छिन राज्यका सेनासित लडाईमा हार खाएर छाङ फिङ अर्थात अहिलेको शान्सी प्रान्तको काउ फिङको उत्तर-पूर्वी क्षेत्रमा भागेका थिए । चाउ राज्यका राजाले छिन राज्यका सेनाले हमला गरेको सुनेर शाङ ताङलाई पुनः आफ्ना हातमा पार्ने उद्देश्यसहित चाउ राज्यको प्रमुख सेनाको नेतृत्व गर्न छाङ फिङ पुग्न भनी लेन फो नामका एकजना जनरललाई आदेश दिएका थिए ।

लेन फोले चाउ राज्यका प्रमुख सेनाको नेतृत्व गर्दै छाङ फिङ पुगेर छिन राज्यका सेनामाथि हमला गर्नथालेका थिए । चाउ राज्यका सेनाले लडाइँमा पटक-पटक हार खानुपरेको थियो र सेनातर्फ पनि ठूलो क्षति व्यहोर्नुपरेको थियो। जनरल लेन फोले वास्तविक अवस्था अनुसार समयमै रणनीतिक कार्यनीतिमा परिवर्तन गरी हमला गर्नुको सट्टा प्रतिरक्षाकक्ष रणनीति अँगाल्ने, र अनुकुल भौगोलिक अवस्था अनुसार मजबूत किल्ला बनाएर बस्ने संकल्प लिएका थिए । लेन फोको यस नीतिले छिन राज्यको सेनाको हमलालाई रोकेको थियो । दुइ राज्यका सेनाका बीच छाङ फिङमा प्रत्येक्ष मुटभेड भएको थिएन ।

यो लेखलाई दुई भागमा विभाजन गरिएको छ। दोस्रो भाग आगामी साता राखिने छ।