अपराधी बनाउन खोज्दै भ्रम फैलाउने पश्चिमी सञ्चार माध्यम
2022-03-17 16:33:02cri
Share with:

चीनमा एउटा भनाइ छ ‘अण्डामा हड्डी पत्ता लगाउँछ’। सन् 2022 पैचिङ हिउँदे ओलम्पिक खेलकूदमा भाग लिएका युगुर जातीय खेलाडी दिनिगर यिलामुजियाङको परिवारले यस्तो अनौठो "आलोचनात्मक" अनुभव गरेको छ।


पैचिङ हिउँदे ओलम्पिक खेलकूद चिनियाँ खेलाडी प्रतिनिधिमण्डलमा तिब्बती र युगुरसहित ९ अल्पसंख्यकका जातिका २० खेलाडी सहभागी थिए। तीमध्ये युगुर खेलाडी दिनिगर यिलामुजियाङ नै खेलकूदको उद्घाटन समारोहमा ओलम्पिक टर्च प्रज्वलन गर्ने प्रतिनिधि बनेका थिए। यसै सन्दर्भमा दिनिगरको परिवार निकै खुशी र गौरवान्तित थियो।  हिउँदे ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा, दिनिगरको सपरिवारले भेला भएर प्रत्यक्ष प्रसारण हेरे र स्थानीय टीभी स्टेशनले सो आनन्दित दृश्यको रेकर्ड पनि गरेको थियो। तर, बेलायती "डेली मेल" समाचारपत्रले स्थानीय टीभी स्टेशनको रिपोर्ट भिडियो हेरेपछि नयाँ समाचार बनाएर प्रश्न सोध्न थाल्यो: उनको परिवारका अन्य पुरुष सदस्यहरू कहाँ छन्? पुरुषहरूलाई "एकान्त शिविर" मा राखिएको संकेत पनि गर्यो।


 सोही दिनको वास्तव अवस्था यस्तो थियोः  त्यस दिन दिनिगरको घरमा धेरै आफन्त र साथीहरू भेला भएका थिए। तीमध्ये पुरुष र महिला दुवै थिए भन्ने जवाफ दिनिगरकी आमाले दिएकी छन्।

"महिलाहरू धेरैजसो उत्सुक थिए र सँगै टीभी हेर्न यहाँ आएका थिए। पुरुषहरूमध्ये केहीले चुरोट खान बाहिर गए र केही हाम्रो छेउमा मोबाइलफोनबाट प्रत्यक्ष प्रसारण हेरे। त्यति बेला ती पुरूषहरू छेउमा बसेकोले टीभी स्टेशनको क्यामराले शुटिङ नगरेको हो। यसै कारणले पछि कथित समस्याहरू देखा परेको हो।

 

भिडियो खिच्ने पत्रकार अल्टे रेडियो र टेलिभिजन समाचार केन्द्रका रिपोर्टर वाङ कुआनले हुन्। उनले खिचेका फुटेजमा पनि सो दिनको वास्तविक अवस्था झल्किएको पाइन्छ। दिनिगरको घरमा रहेका पुरुषहरूले सबैभन्दा राम्रो सिट त्यहाँका महिलाहरूलाई दिएका थिए र आ-आफ्नो मोबाइलफोनमा प्रत्यक्ष प्रसारण हेरिरहेका थिए।


स्थानीय नागरिकले सामान्य मानेको कुरा केही पश्चिमी माध्यमको रिपोर्टमा सिनच्याङमा “जातीय संहार” भएको भन्दै बङ्ग्याइएको छ। द न्युरोर्क टाइम्स्, वाल स्ट्रिट जर्नल आदि पश्चिमी सञ्चार माध्यमले सिन च्याङसम्बन्धी अनुमानका भरमा रिपोर्ट गर्दै दिनिगरले अन्ग्रेजी, चिनियाँ भाषा र युगुर जातिको भाषाबाट यी पश्चिमी माध्यममाथि शंका लागेको भन्दै जवाफ दिएकी छन्।

सिन च्याङका विषयमा पश्चिमा सञ्चारमाध्यमले सधैँ भ्रम सिर्जना गर्ने गरेको छ। उनीहरुको भ्रमलाई नचिर्ने हो भने नक्कली समाचार वास्तविक समाचार बन्न सक्छ। त्यसकारण यसको खण्डन गरेर उनीहरुको आरोपको पर्दाफास गर्न आवश्यक छ।

 यो पश्चिमी सञ्चार माध्यमको शैली हो। उनीहरु पहिले धारणा बनाउँछन् अनि समाचार बनाउँछन्। वास्तविकतालाई वेवास्ता गरेर सत्य तथ्य के हो भन्ने कुरा उनीहरु खोज्न चाहँदैनन्।

पश्चिमी माध्यमका समाचारमा सिन्च्याङमा मानव अधिकार नभएको भन्ने कुरामा स्थानीय के भन्छन्? दिनिगल तथा उनका परिवारले भनेः यस्तो रिपोर्टबाट आफूहरु अपमानित भएको महशुस भएको छ।


दिनिगल जस्तै युगुर जातिका नागरिक पश्चिमी सञ्चार माध्यममा नियमित पूर्वाग्रहका प्रतीक होइनन्। ती सञ्चार माध्यमका नक्कली कथामा रहेका भूमिकामा पनि स्थानीय छैनन्। उनीहरू वास्तविक, जीवित मानिस हुन्। उनीहरूलाई सम्मान गरेर सुखमय जीवन खोज्ने कथा निष्पक्ष रिपोर्ट गर्नु कुनै पनि सञ्चार माध्यमको कर्तव्य हो।