मास्कपछाडिको अमेरिका तपाईँले साँच्चिकै चिन्नुहुन्छ?
2022-03-17 19:12:43CRI
Share with:

    प्रजातन्त्र र मानवअधिकार अमेरिकाले फूप्रति स्थापना गरेको छवि हो साथै विश्वमा फैलाइरहेको विचार पनि हो। तर तथ्य के हो त? फूला मानव अधिकारको हिमायती ठानेको अमेरिकाले विश्वला साँच्चिकै प्रजातन्त्र र मानवअधिकार पुर्याएको छ कि? यो मास्क पछाडि रहेको साँच्चिकै अमेरिका कस्तो छ? हामीले नेपाल नजिकको एक उदाहरण हेर्दा थाहा हुन्छ।

 

    अमेरिकाले अफ्गानिस्तान युद्धदेखि अफ्गानिस्तानबाट सैन्य फिर्ता लिएसम्मको २० वर्षमा अफ्गानिस्तानका बालबालिकामा निकै गहिरो नकारात्मक प्रभाव  परेको छ। सन् २००५ देखि सन् २०१९ सम्म कम्तीमा २६ हजार अफ्गानिस्तानी बालबालिका युद्धबाट मारिए। सन् २०१६ देखि सन् २०२० सम्म लगभग १६०० जना अफ्गानिस्तानी बालबालिका अमेरिकी नेतृत्वमा रहेको नेटो संयुक्त हवा कार्वाहीमा मारिएका थिए भने उक्त संख्या हताहतीको कूल संख्याको ४० प्रतिशत पुगेको थियो। अफ्गानिस्तानमा बालबालिका मार्नेजस्तो भयंकर अपराध भएको छ तर कानूनी सजायबाट अमेरिका स्वयं भागिरहेको छ र अरूमाथि मानवअधिकारको विषयमा लोचना गरिरहेको छ। यो नै अमेरिकाले विश्वला पुर्याएको मानवअधिकार हो?

 

यति मात्र होइन। संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार, लगभग ३४ लाख अफ्गानिस्तानी सर्वसाधारण घरबारविहीन भएका छन्। गत अगष्टमा अमेरिकी सेना अफ्गानिस्तानबाट फिर्ता भएपछि अफ्गानिस्तानमा २.३ करोड जना गम्भीर भोकमारीमा परेका छन् तीमध्ये ९५ प्रतिशतको दैनिक खानापानमा निकै अभाव देखिएको अवस्था छ।

 

मार्च १५ तारिख संयुक्त राष्ट्र संघीय शरणार्थी मामिलासम्बन्धी उच्च स्तरीय अधिकारी ग्लान्दीले अफ्गानिस्तानको राजधानीको एक शरणार्थी शिविरको भ्रमण गर्दा भन्नुभयो कि रूस-युक्रेन युद्धमा विश्वको ध्यान केन्द्रित छ तर अन्तर्राष्ट्रिय समूहले बिर्सनुहुँदैन अमेरिकाले युद्धबाट दीर्घकालीन युद्धमा धकेलेको अफ्गानिस्तानमा ठूलो मानवीय संकट पनि देखिएको छ।

 

यो उदाहरणबाट स्पष्ट रूपमा बुझिन्छ कि यो साँच्चिकै अमेरिकी मानवअधिकार हो या मास्क पछाडिको वास्तविक अमेरिका हो।