तिब्बतमा विद्यार्थीहरुलाई खाजा सुविधा
2022-03-17 11:21:04CRI
Share with:

मार्च महिना तिब्बत पठारभूमिमा रहेका प्राथमिक तथा माध्यमिक स्कुलको पढाइ शुरू हुने सिजन हो। ल्हासा शहरमा रहेका ६ वटा प्राथमिक स्कुलका विद्यार्थीहरूले पोष्टिक खाजा पाउन थालेका छन्। लन्च बक्समा मासुका ३ वटा परिकार तथा १ तरकारी राखिन्छ। अघिल्ला दिनको परिकारभन्दा फरक खाना पाएर विद्यार्थीहरू निकै खुशी हुन्छन्। भान्सामा राखिएको क्यामरा सरकारी निगरानी विभागसँग जोडिएकाले पकाउने प्रक्रियाको प्रत्याभूति दिइएको जानकारी भान्साका जिम्मेवार व्यक्ति ये थाउले दिनु भएको छ। 

विद्यार्थीहरूका लागि प्रदान गरिने पोष्टिक खाजाबाट तिब्बतमा सन्तुलित उच्च गुणस्तरीय शिक्षाको विकासलाई प्रतिविम्वित गरिन्छ। चिनियाँ नेता सी चिनफिङले धेरै पटक भन्नु भएको छः ‘तिब्बतमा फड्को मार्ने विकासलाई साकार तुल्याउनका लागि शिक्षालाई प्राथमिकता दिनुपर्छ।’

बिगत ३० वर्षमा तिब्बतमा खाना, बसाइ र आधारभूत शैक्षिक शुल्क निःशुल्क शैक्षिक मापदण्डलाई १८ पटक उकासिएको छ। सन् २०१२ देखि चीनका अरू ठाँउभन्दा अघि नै तिब्बतमा १५ वर्षको अनिवार्य पढाइ प्रदान गर्न थालियो जसबाट पूर्वप्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्मको पढाइलाई समावेश गरिएको छ। साथै तिब्बतमा ४० वटा शैक्षिक सहायता पनि केन्द्र खडा गरेर सहयोग आवश्यक पर्ने विद्यार्थीहरूका लागि सहयोग प्रणाली राखिएको छ। यसका अतिरिक्त, तिब्बतका प्राथमिक तथा माध्यमिक स्कुलमा इन्टर्नेट सेवा समेत प्रदान गरिएको छ।