चीनको आर्थिक पुनरुत्थान निरन्तर रूपमा अघि बढ्दै
2022-03-17 19:38:59CRI
Share with:


समष्टिगत अर्थशास्त्र, घरजग्गा, विदेशी सूचीकरण चिनियाँ कम्पनीको शेयर, प्लेटफर्म अर्थतन्त्र... १६ तारिख चीनको राज्य परिषद्को वित्तीय स्थिरता र विकास समितिको विशेष बैठकमा बजारले सबैभन्दा बढी चिन्तित रहेका मुद्दाहरूको एक-एक गरी जवाफ दिएको छ। धेरै विश्लेषकहरूले औंल्याए अनुसार यस पटकको बैठक समयसापेक्ष र सटीक थियो, यसले चिनियाँ सरकारले आफ्ना अपेक्षाहरू, विदेशी लगानी र विकासलाई स्थिर पार्ने सकारात्मक संकेत दिएको छ र प्रभावकारी रूपमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको विश्वास बढाएको छ।

 

वित्त आर्थिक विकासको रक्तरेखा हो। विगत केही महिनादेखि चीनको वित्तीय बजार निकै दबाबमा रहेको छ। महत्वपूर्ण क्षणमा वित्तीय समितिको बैठकले बजारको अपेक्षालाई स्थिर बनायो र प्रभावकारी रूपमा बजार चिन्तालाई कम गर्यो। वास्तवमा, विगत केही वर्षहरूमा चीनको अर्थतन्त्रको प्रदर्शनले यसको बलियो जोखिम विरोधी क्षमता र ठूलो जीवन शक्ति प्रमाणित गरेको छ। सन् 2020 मा चीन महामारी अन्तर्गत सकारात्मक वृद्धि हासिल गरेको विश्वको एक मात्र प्रमुख अर्थतन्त्र हो। सन् 2021मा चीनको जीडीपी 8.1% को वृद्धि पनि प्रभावशाली हो।

 

हाल चीनको आर्थिक पुनरुत्थान निरन्तर रूपमा अघि बढिरहेको छ। हालै सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कले यस वर्षको पहिलो दुई महिनामा चीनको आर्थिक पुनरुत्थान सोचेभन्दा राम्रो भएको देखाएको छ जसले वार्षिक आर्थिक तथा सामाजिक विकास लक्ष्यहरू हासिल गर्ने आधार तयार गरेको छ।