चिनियाँ राष्ट्राध्यक्ष र दक्षिण अफ्रकाका राष्ट्रपतिबीच टेलिफोन वार्ता#चिनियाँराष्ट्राध्यक्ष
2022-03-18 19:07:39CRI
Share with:

 चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले 18 तारिख दक्षिण अफ्रिकाका राष्ट्रपति माटामेला सेरिल रामाफोसासँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार चीन र दक्षिण अफ्रिकाबीच दाजुभाइ जस्तै विशेष मैत्रीपूर्ण सम्बन्ध छ। चीनले दक्षिण अफ्रिकासँग आपसी सम्बन्धलाई झन उच्च गुणस्तरीय, अझ व्यापक, अझ गहन तहतर्फ प्रवर्द्धन गर्दै जाने आशा गरेको पनि सीले बताउनुभयो। उहाँले दक्षिण अफ्रिकाले चीनका लागि अझ बढी श्रेष्ठ उत्पादन वस्तु निर्यात गर्नका लागि चीनले स्वागत गर्ने बताउनुभयो।  

 

   यी दुबै पक्षले युक्रेन परिस्थितिबारे वैचारिक आदानप्रदान गर्दै सहमति जुटाएका छन् भने रुस र युक्रेनबीचको वार्ता प्रवृत्तिलाई कायम राख्दै वार्तामार्फत द्वन्दको समाधान गर्ने विषयमा मतैक्यता  जनाएका छन्।