आलु चीन र नेपालको मित्रताको साक्षी
2022-03-18 14:20:27cri
Share with:

आलु नेपालीहरूको भान्सामा सधैँ नै हुन्छ। आलु नेपालीहरूले प्रतिदिन खाने तरकारी हो। आलुमा प्रशस्त मात्रामा पौषिक तत्व पाइन्छ। 

चीनले प्रस्तुत गरेको“बेल्ट एण्ड रोड”प्रस्तावको पृष्ठभूमिमा सन् २०१८ डिसेम्बर महिनामा चीन र नेपालले“चीन-नेपालको उत्तरी पहाडी क्षेत्रको कृषि प्राविधिक सहकार्य परियोजनाको कार्यान्वयन सम्झौता”मा हस्ताक्षर गरेको थियो। सन् २०१९ मार्च महिनामा चीनको तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन विज्ञान प्रतिष्ठानले कृषि विशेषज्ञलाई नेपालतर्फ पठाएको थियो।

चिनियाँ कृषि विशेषज्ञहरू आलुको नयाँ प्रजाति र नयाँ प्रविधि लिएर नेपाल गएका थिए। चिनियाँ कृषि विशेषज्ञहरूले स्थानीय किसानहरूलाई गुणस्तरीय आलु र उत्पादन मात्रा बढाउन मद्दत दिएका थिए।

हाल चीन हिउँद ऋतुमा रोपिएका आलु भित्र्याइने सिजनमा छ। चीनको विभिन्न क्षेत्रका किसानहरू आलु भित्र्याउन व्यस्त छन्।

नेपाली साथी, तपाईँले बजारमा देख्नुभएको बैजनी रङ्गको आलु र ठूलो आलु चीनको प्रजाति हुनसक्छ। ल, अब छिटो रुपमा आलु किन्न बजार जानुहोस्।