चिनियाँ राष्ट्राध्यक्ष र कम्बोडियाका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता #चिनियाँराष्ट्राध्यक्ष
2022-03-18 19:08:58CRI
Share with:

 चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १८ तारिख दिउँसो कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार दुबै पक्षको संयुक्त प्रयासमा चीन र कम्बोडियाबीचको सम्बन्ध चुनौती पार गरेर सुदृढ पारिँदै गएको छ। यी दुबै पक्षले बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय निर्माण गर्दै उच्च गति राजमार्ग, विमानस्थल, आर्थिक विशेष क्षेत्र जस्ता ठूला परियोजनाको निर्माणलाई प्रवर्द्धन गर्न सक्छन्। चीनले कम्बोडियाको महामारी प्रतिरोधमा समर्थन गर्दै महामारीको परिस्थितिमा यी दुबै मुलुकबीचको मानवीय तथा साँस्कृतिक आदानप्रदानको नयाँ शैलीको खोजी गर्दै जानेछन्।

   प्रत्युत्तरमा कम्बोडियाली प्रधानमन्त्री हुन सेनले राष्ट्राध्यक्ष सीको सुदृढ नेतृत्वमा चीनले अझ महान उपलब्धी सिर्जना गर्दै जाने विश्वास प्रकट गर्नुभयो। कम्बोडियाले एक चीनको नीतिलाई द्दढ समर्थन दिँदै चीनसँग आर्थिक तथा व्यापारिक, कृषि आदि विभिन्न क्षेत्रको सहयोगलाई गहन पार्दै जाने आशा गरेको छ। आशियानको वर्तमान अध्यक्ष मुलुकको रुपमा कम्बोडियाले निरन्तर रुपमा आशियान र चीनबीचको सम्बन्धको विकासलाई प्रवर्द्धन गर्दै जाने छ।