खुट्टा गुमाएका वृद्धको सगरमाथा आरोहणको सपना
2022-03-18 10:28:24cri
Share with:

फोटोमा देखिएको यो वृद्ध मानिसको उमेर अहिले ७३ वर्ष पुगेको छ। उनको नाम स्या पो यु हो। युवाकालमा उनी चिनियाँ पर्वतारोहण टोलीका सदस्य थिए। सन् १९७५ मा स्या पो युले पहिलो पटक सगरमाथाको रोहण गर्दा फ्नो सुत्ने झोला त्यस्तै झोला हराएका आफ्नो टोलीको एक सदस्य तिब्बती साथीलाई दिएका थिए। तर, पछि हिउँ र चिसोले उनको खुट्टा खाएपछि शरीरबाट अलग्याउनु परेको थियो। साथै सगरमाथाको रोहण गर्ने सपनाबाट पनि टाढिनु परेको थियो।

 

फूले खुट्टा गुमाउनु परे तापनि स्याले सगरमाथाको रोहण गर्ने सपनाला भने त्यागेनन्। लगभग ४० वर्ष पछि सन् २०१४ मा स्याले ६५ वर्षको उमेरमा कृत्रिम खुट्टासहित फेरि सगरमाथा रोहणको असफल प्रयास गरेका थिए। साथै लगातार तीन वर्षसम्म उनको पर्वतारोहण विफल भएको थियो। अन्तमा, सन् २०१८ को मैमा धेरै पटकको प्रयासपछि उनी सगरमाथाको रोहण गर्न सफल भए। उनी कृत्रिम खुट्टाबाट सगरमाथाको सफल रोहण गर्ने पहिलो चिनियाँ हुन्।