चिनियाँ विशेषज्ञद्वारा अफ्रिकाको विकासलाई सहयोग
2022-03-18 10:30:25cri
Share with:

हाल संयुक्त राष्ट्र संघीय विश्व अन्नबाली योजना कार्यालयले चेतावनी दिँदै अफ्रिकाको उत्तर-पूर्वी क्षेत्रमा सन् १९८१ यता सबैभन्दा गम्भीर खडेरी देखापरेको, करीब १ करोड ३० लाख व्यक्ति गम्भीर भोकमरीको अवस्थामा रहेको जनाएको छ। त्यसैले संयुक्त राष्ट्र संघीय विश्व अन्नबाली योजना कार्यालयले अफ्रिकी सिङ्ग क्षेत्रको खडेरी सामना योजना शुरु गरेर अफ्रिकी सिंग क्षेत्रमा खडेरीबाट प्रभावित सर्वसाधारणलाई अन्नबालीको सहायता दिनुपर्नेछ। संयुक्त राष्ट्र संघीय विश्व अन्नबाली योजना कार्यालयअन्तर्गत क्षेत्रीय जरुरी अवस्थाका उच्च सल्लाहकार सेन भन्नुहुन्छ संयुक्त राष्ट्र संघीय विश्व अन्नबाली योजना कार्यालय ३२ करोड ७० लाख अमेरिकी डलर चाहिन्छ। उक्त रकम प्रकोपग्रस्त क्षेत्रका ४५ लाख व्यक्तिलाई अन्नबालीको सहायता दिइने छ। 

संयुक्त राष्ट्र संघीय विश्व अन्नबाली योजना कार्यालयले हाल सार्वजनिक गरेको प्रतिवेदनअनुसार, अफ्रिकी सिंगमा सन् १९८१ यता सबैभन्दा गम्भीर खडेरी देखापरेको छ। अफ्रिकी सिंगमा लगातार तीन वटा वर्षायाममा पानी नपरेका कारण अन्नपात र पशुधनको नस्ट भएको छ। पानी र घाँसको अभावका कारण धेरै व्यक्ति जन्मथलोबाट छोडेर बाहिर गएका छन्एक अनुमानअनुसार, चाल वर्षका अघिल्ला त्रैमासिक अवधिमा अफ्रिकी सिंग क्षेत्रका करीब १ करोड ३० लाख व्यक्ति सामु भोकमरीको समस्या देखापर्ने छ। अफ्रिकी सिंगको उत्तरमा पर्ने इरिट्रियाको अवस्था निकै गम्भीर हुनेछ। इरिट्रियाको सहायता दिने चीनको तेस्रो चरणका उच्च कृषि विशेष टोलीका प्रमुख लिउ युनमिन भन्नुहुन्छ

 “इरिट्रियामा हरेक वर्षको अप्रिलदेखि मेसम्म सानो वर्षायाम हो, जुनदेखि अगष्टसम्म ठूलो वर्षायाम हो। अरु महिना खडेरीको सिजन हो। त्यहाँ अन्नपात एक वर्ष एक पटक भित्र्याइने गर्दछ। कृषि प्रविधि कमजोर, उत्पादन सामग्रीको अभाव, बिउ र खेतीपाती तरीकाआदि क्षेत्रहरूको प्रभाव परेका कारण अन्नापातको उत्पादित मात्रा र गुणस्तर न्यन छ। त्यहाँ ६५ प्रतिशत अन्नबाली स्वदेशबाट प्राप्त हुन्छ। अरु अन्नबाली अन्तर्राष्ट्रिय अन्नबालीको सहायतामा निर्भर रहन्छ

 

इरिट्रियाको सहायता दिने चीनको तेस्रो चरणका उच्च कृषि विशेष टोलीका प्रमुख लिउ युनमिनकाअनुसार, इरिट्रियाको सहायता दिने चीनको तेस्रो चरणका उच्च कृषि विशेष टोली परियोजना दुई वर्षसम्म चल्ने छ। चीनले तीन जना कृषि विशेषज्ञ पठाउने छ। विशेषज्ञहरूले भटमास, फलफूल बिरुवाआदि क्षेत्रहरूमा प्राविधिक परीक्षण गर्ने, स्थानीय अधिकारी, प्रविधिकर्ता, किसानलाई तालिम दिने छन्। साथै विशेषज्ञहरूले इरिट्रियाको कृषि मन्त्रालयसँग छलफल गर्ने र कृषिसम्बन्धी प्राविधिक परामर्श गर्ने छन्। 

इरिट्रिया सन् २०२२ मा चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अफ्रिकाको भ्रमण गर्नुभएको पहिलो मुलुक हो। इरिट्रियाको सहायता दिने चीनको तेस्रो खेपका उच्च कृषि विशेष टोली वाङ यीको भ्रमणका महत्वपूर्ण उपलब्धहरूमध्येको एक हो र पनि गत वर्षको नोभेम्बर महिनाको अन्त्यमा आयोजना भएको चीन-अफ्रिका सहयोग मञ्चका मन्त्रीहरूको आठौं सम्मेलनको उपलब्धिलाई व्यवहारमा उतार्ने कदमहरूमध्येको एक हो।