वाङ यीः शाङहाई सहयोग संगठनले क्षेत्रीय सुरक्षा र स्थिरताको संरक्षणमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्छ
2022-03-18 15:24:33cri
Share with:

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले मार्च १७ तारिख पैचिङमा शाङहाई सहयोग संगठनका महासचिव चाङ मिङसँग भेटवार्ता गर्नुभएको छ। भेटको क्रममा, परराष्ट्र मन्त्री वाङ यीले युक्रेन संकटबाट प्रभावित शाङहाई सहयोग संगठन भौगिलिक रूपमा सबैभन्दा व्यापक र सबैभन्दा धेरै जनसंख्या भएको अन्तर्राष्ट्रिय संगठन भएकोले क्षेत्रीय सुरक्षा र स्थिरताको संरक्षणमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने व्यक्त गर्नुभएको छ। 

शाङहाई सहयोग संगठनको महासचिव पदमा निर्वाचित हुनुभएका चाङ मिनला मन्त्री वाङ यीले बधाई व्यक्त गर्दै चीनले निरन्तर रूपमा महासचिव र संगठनको कार्यला समर्थन दिने बताउनुभएको छ। 

शाङहाई सहयोग संगठनले युक्रेन परिस्थितिमा उच्च ध्यान दिएको बताउँदै महासचिव चाङ मिङले सम्बन्धित क्षेत्रमा छिटोभन्दा छिटो पुनः शान्ति स्थापना हुने आशा पनि व्यक्त गर्नुभएको छ।