महामारी सम्बन्धमा चिनियाँ नेता सी चिनफिङको सम्बोधन
2022-03-18 11:34:10CRI
Share with:

कोरोना महामारीको परिस्थितिको विश्लेषण तथा महामारी नियन्त्रण कार्यको व्यवस्थापन सम्बन्धि बैठक मार्च १७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरो स्थायी समितिमा आयोजना भएको छ। स्थायी समितिका महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। 

सम्बोधनमा उहाँले जोड दिनुभयोः चीनका विभिन्न ठाँउ तथा विभागले वर्तमान चीनमा महामारीको नियन्त्रण कार्यको जटिलता, कठिनाइ तथा बारम्बार देखिएको महामारीलाई गहन रूपमा बुझेर महामारी नियन्त्रण कार्यलाई विस्तृत तथा दृढ रूपमा बुझेर अन्त्य गर्नतर्फ लाग्नुपर्छ। छिटोभन्दा छिटो समयमा महामारीको फैलावट प्रवृत्तिलाई रोक्नुपर्छ। साथै महामारी नियन्त्रण तथा आर्थिक, सामाजिक विकास बीचमा सन्तुलन कायम राख्दै महामारीबाट आर्थिक सामाजिक विकासमा पारिने प्रभावलाई सबैभन्दा ठूलो परिधिबाट हटाउनुपर्छ। 

हालै चीनमा कोरोना महामारी धेरै ठाउँमा सामूहिक र निरन्तर रूपमा देखा परेको छ। महामारीबाट प्रभावित मुख्य क्षेत्रको नियन्त्रण कार्यलाई दिने निर्देशन तथा सहयोगलाई बढाउने कुरा पनि सो बैठकमा औंल्याइएको छ। साथै सर्वसाधारणको सामान्य जीवन तथा उत्पादनको स्थिरतालाई कायम राख्दै दैनिक जीवनको आवश्यकताको आपूर्ति तथा उपचार माँगलाई पनि प्रत्याभूति दिनुपर्ने कुरालाई सो बैठकमा जोड दिइएको छ।