चीनमा पनि खेलिन्छ होली
2022-03-18 16:37:45CRI
Share with:

चीनमा पनि पानी छ्यापाछ्याप गरेर उत्सव मनाउने गरिन्छ। यद्यपि यो उत्सवमा नेपाल, भारतलगायतका मुलुकमा जसरी पानीसँगै रङ्ग र अबिर दलिँदैन। यहाँ नाचगानसँगै पानी छ्यापेर रमाइलो गरी मनाउने चलन छ। चीनको दक्षिण पश्चिम युननान प्रान्तमा बसोबास गर्ने अल्पसङ्ख्यक ताई जातिले पानी खेलेर मनाउने यो होलीजस्तै पर्वलाई चिनियाँमा फोस्वेच्ये भनिन्छ। यहाँ फो भनेको फाल्नु, छर्कनु हो भने स्वेको अर्थ पानी र च्ये पर्व हो।

नेपालमा जसरी पानी र रङ्ग छ्यापेर अनि अबिर दलेर नाचगानसँगै रमाइलो गरी नमनाइए तापनि होलीको रौनक यहाँ देख्न सकिन्छ। साथै यो फागु पर्वकै दिन मनाइँदैन। यहाँ फागुन शुक्ल पूर्णिमाको दिन नभई वैशाख शुक्ल पूर्णिमामा मनाइने गरिन्छ। सौभाग्यको कामना गर्दै सौहार्द वातावरणमा मनोरञ्जनात्मक कार्यक्रम गरी सद्भाव फैलाउने यो पानी छ्याप्ने पर्व नेपालीको होलीसँग मिल्दोजुल्दो छ।

यो भिडियोमा ताई जातिले यो पानी छ्याप्ने पर्व कसरी मनाइन्छ भन्ने देखाइएको छ। तपाईँलाई फागु पर्वको शुभकामना।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/