अमेरिकाले विश्वलाई आफ्नो इमानदारी देखाउने अपेक्षा
2022-03-19 16:34:28CRI
Share with:


"हामीले चीन-अमेरिका सम्बन्धको विकासलाई सही बाटोमा मात्रै अघि बढाउने मात्रै होइन, उचित अन्तर्राष्ट्रिय जिम्मेवारी पनि वहन गर्नुपर्छ र विश्व शान्तिको लागि प्रयास गर्नुपर्छ।" पैचिङ समय अनुसार १८ तारिखको साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडियो वार्ताका क्रममा उक्त कुरा बताउनुभएको हो। उहाँको भनाइले प्रमुख देशका नेताको राजनीतिक बुद्धिमत्ता र जिम्मेवारी झल्किएको छ।

 

सन् २०२१ नोभेम्बरमा चीन र अमेरिकाका राष्ट्र प्रमुखहरूबीचको भिडियो बैठकपछिको यो दोस्रो शीर्ष नेतास्तरीय "क्लाउड आदान-प्रदान" थियो। चार महिनापछि अन्तर्राष्ट्रिय परिस्थितिमा ठूलो परिवर्तन आएको छ । महत्वपूर्ण क्षणमा चीन र अमेरिकाका नेताहरूले चीन-अमेरिका सम्बन्ध र युक्रेनको अवस्था जस्ता साझा चासोका विषयहरूमा स्पष्ट र गहिरो विचार आदानप्रदान गर्न फेरि भिडियो वार्ता आयोजित गरेका हुन्। यो दुबै देश र विश्वका लागि ठूलो महत्त्वको विषय हो।

 

यस पटकको वार्तामा राष्ट्रपति बाइडेनले आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। यस सन्दर्भमा राष्ट्राध्यक्ष सीले "महान महत्व" बारे विचार व्यक्त गर्नुभयो र चीन-अमेरिका सम्बन्धको वर्तमान अवस्था "सीधा अमेरिकाका केही व्यक्तिहरूले दुई पक्षबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न नसकेको कारणले" भएको औंल्याउनुभयो। राष्ट्रपति महोदयको सकारात्मक भनाइलाई व्यवहारमा उतारिएको छैनअमेरिकाले चीनको रणनीतिक नियतलाई गलत तरीकाले बुझेको छ र गलत अर्थ लगाएको छ। " राष्ट्राध्यक्ष सीले भन्नुभयो।

 

तीमध्ये थाइवान मुद्दा चीन-अमेरिका सम्बन्धमा सबैभन्दा जटिल र संवेदनशील मुद्दा हो। हालको अमेरिकी प्रशासनले बारम्बार एक चीन नीतिलाई कायम राख्ने वाचा गरेको छ। तर उसले जे गरेको छ त्यो ठीक उल्टो दिशामा गएको छ, यसले थाइवान जलडमरु क्षेत्रको शान्तिलाई गम्भीर रूपमा कमजोर पारेको छचीन र अमेरिकाबीचको तनावलाई बढाएको छ। भेटमा राष्ट्राध्यक्ष सीले अमेरिकाका केही व्यक्तिहरूले "थाइवान स्वतन्त्रता" का शक्तिहरूलाई गलत संकेत पठाएको छ, "यो धेरै खतरनाक छ" र थाइवान मुद्दालाई सही ढंगले सम्हालिएन भने यसले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्ने कुरामा पनि जोड दिनुभयो।

 

यस पटकको वार्तामा राष्ट्राध्यक्ष सीले फेरि एक पटक "अन्तर्राष्ट्रिय जिम्मेवारी"को बारेमा कुरा गर्नुभयो र युक्रेन संकटलाई सम्बोधन गर्न चीनको अडान दोहोर्याउनु भयो। राष्ट्राध्यक्ष सीले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता जारी राख्ने, नागरिक हताहत हुनबाट जोगाउनु पर्ने, मानवीय सङ्कटलाई रोक्ने र युद्धलाई चाँडै नै रोक्नु जरुरी रहेको औंल्याउनुभयो। वार्तामा अमेरिकी पक्षले स्थिति तनावपूर्ण हुन नदिन चिनियाँ पक्षसँग संवाद गर्न इच्छुक रहेको बताएको छ ।

 

"स्थिर र विकासशील चीन-अमेरिका सम्बन्ध दुबै पक्षका लागि लाभदायक छ।" दुई राष्ट्र प्रमुखको सहमति अनुसार, यस पटकको भिडियो वार्ता रचनात्मक छ। यो आशा छ कि अमेरिकाले आफ्नो वचनला व्यवहारमा पालना गर्नेछ र दुई राष्ट्र प्रमुखहरूबीच भएको सहमतिलाई कार्यान्वयन गर्न र राष्ट्रपति बाइडेनको राजनीतिक प्रतिबद्धता पूरा गर्न ठोस कदम चाल्नेछ।