घाँस मैदानमा पारिस्थितिकीय महाकाव्य ---- स्थानान्तरण
2022-03-20 16:05:21CRI
Share with:

उत्तर-पश्चिम चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा वसन्त ऋतु एक वार्षिक स्थानान्तरणको मौसम हो। यस समयमा, गाईवस्तुहरू विभिन्न चरन क्षेत्रहरूमा एकपछि अर्को गरी स्थानान्तरण गरिन्छ। चरन क्षेत्रहरूमा, प्रत्येक पशुपालकको आफ्नै चरन हुन्छ, जुन परिवारको सदस्य संख्या र क्षेत्रमा निर्भर ठूला र साना गरी विभिन्न ठाउँमा बाँडफाँट गरिन्छ। यदि यसलाई बाँडफाँड गरिएन भने सबै गाईवस्तुहरू चरनका लागि एउटै क्षेत्रमा केन्द्रित हुनुपर्नेछ । त्यसपछि घाँसको अभावमा गाईवस्तु र भेडाहरूला बाँच्न समस्या हुनेछ।

 

हजारौं वर्षदेखि पशुपालकहरूले परम्परागत स्थानान्तरण विधि जारी राखेका छन्। अलिकति आदिम जीवन शैलीको रूपमा स्थानान्तरण भनेको मानिस र प्रकृति, मानिस र पारिस्थितिकी बीचको सन्तुलन कायम गर्न घाँसे मैदानमा बस्ने पशुपालकहरूले गठन गरेको पुरानो ज्ञान र सभ्यता हो।