पैचिङ हिउँदे ओलम्पिक खेलकुद सफल रहेको इजरायलको स्केटिङ संघका अध्यक्षको भनाई
2022-03-21 09:47:19cri
Share with:

पैचिङ हिउँदे ओलम्पिक खेलकुद सम्पन्न भएपछि विभिन्न देशका ओलम्पिक प्रतिनिधि मण्डलहरू फर्किसकेका छन्। इजरायल फर्केपछि इजरायलको स्केटिङ संघका अध्यक्ष बोरिस चाइटले इजरायलको मध्य भागमा अवस्थित होलोन शहरमा हाम्रा पत्रकारलाई अन्तर्वार्ता दिनुभएको छ। बोरिसले धेरै पटक ओलम्पिक खेलकुदमा भाग लिनुभएको , तथापि पैचिङ हिउँदे ओलम्पिक खेलकुदको व्यवस्थापन कार्यले उहाँको मनमा गहिरो छाप परेको छ। 

बोरिसले धेरै ठूलो पैचिङ हिउँदे ओलम्पिक गाउँमा विभिन्न सुविधाहरु रहेका कारणले त्यो एउटा सानो शहर जस्तो रहेको बताउनुभएको साथै उहाँले ओलम्पिक गाउँको पसलमा पिङ तुन तुन लगायत स्मारिकाहरु किन्नुभएको थियो। पैचिङ हिउँदे ओलम्पिक खेलकुदको व्यवस्थापन कार्य निकै पूर्ण रहेको आफूले सामना गरेका सबै समस्याहरुको छिटै समाधान गर्न पाएकोमा प्रशंसा गर्दै उहाँले भन्नुभयो,

प्रतियोगिताहरुको व्यवस्थापन मसलन्द कार्यले मेरो मनमा सबैभन्दा गहिरो छाप पारेको , जसमध्ये प्रतियोगिताहरु, ओलम्पिक गाउँ, यातायात खाद्य पदार्थ लगायत विभिन्न व्यवस्थापन कार्य समावेश छन्। किनभने सबै सामानहरु सफा हुनुपर्छ सबै कार्य उचित हुनुपर्छ। एउटा प्रक्रियामा समस्या देखा पर्ने हो भने आधा ओलम्पिक गाउँ प्रभावित हुने , तर पैचिङ हिउँदे ओलम्पिक गाउँ सुचारु रुपमा चलेको , त्यसैले मेरो मनमा गहिरो छाप पारेको ओलम्पिक गाउँमा जताततै स्वयंसेवकहरु छन्, हरेक स्वयंसेवक मैत्रीपूर्ण छन्। उनीहरु हामीसँग भेट्दा खुसीसँग नमस्तेभन्छन्, यस्तो अनुभव राम्रो छ। 

बोरिसले ओलम्पिक गाउँदेखि प्रतियोगिता स्थालसम्मको सुविधाजनक यातायातको प्रशंसा गर्नुभएको यसका साथै ओलम्पिक गाउँमा रहेका मीठा खानाहरु उहाँ विर्सन सक्नुहुन्न, तीमध्ये उहाँलाई पैचिङ डक सबैभन्दा बढी मन रेको

ओलम्पिक गाउँका खानाहरु धेरै मीठा छन्। मैले आफ्नो खाने रहर नियन्त्रण गर्न खोजे तापनि धेरै खाना खाएँ। तपाईंसँग खाने वा पिउने माँ भएमा तपाईँको माँ पूरा हुनसक्छ बसाई पनि राम्रो थियो, हामी बस्ने अपार्टमेन्ट निकै सफा थियो ओलम्पिक गाउँ प्रतियोगिता स्थल बीचको शटल बस घडी जस्तै ठीक समयमै पुग्थ्यो 

बोरिसका अनुसार, हरेक प्रतिनिधि मण्डल खेलाडी बीच निकै मैत्रीपूर्ण वातावरण थियो खेलाडीहरुले प्रतियोगिता स्थलमा कडा प्रतिस्पर्धा गरे तापनि प्रतियोगिता सम्पन्न भएपछि खेलाडीहरुले एक आपसमा भेट्दा मैत्रीपूर्ण व्यवहार गरेका छन्। उहाँ भन्नुहुन्छ,

हिउँदे ओलम्पिक खेलकुदमा विश्वका सबै खेलाडीहरु भेला भएका थिए उनीहरुले अनुभव गरेको भावनाको प्रचार-प्रसार गर्नसक्ने मैले आशा गरेको छु। मानिसहरुको छालाको रंग फरक , बोल्ने भाषा फरक अथवा अरु भिन्नता भएता पनि हामी एउटै संसार एउटै पृथ्वीमा बस्छौँ त्यसैले हामीले एक आपसमा सहयोग गर्ने तरिका खोज्नुपर्छ। 

बोरिसले पैचिङमा चीनको बरफ हिउँ खेलको तिब्र विकासको अनुभव पनि गर्नुभएको छ। चीनले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गरेको कुराबाट ३० करोड चिनियाँहरुले बरफ हिउँ खेलमा भाग लिएकोमा उहाँले प्रशंसा गर्दै भन्नुभयो,

तीस करोड , यो अंकबारे सोच-विचार गर्नुहोस्। यस पटकको हिउँदे ओलम्पिक खेलकुदले चीनलाई ठूलो प्रेरणा शक्ति दिएको छ। आगामी पटकको हिउँदे ओलम्पिक खेलकुदमा चिनियाँ प्रतिनिधि मण्डल अझ बलियो हुने मैले विश्वास गरेको छु।