वैज्ञानिक तथा ठोस तवरले प्रतिरोध र नियन्त्रण कार्यलाई सुनिश्चित गर्नुपर्छ
2022-03-21 14:55:28cri
Share with:

वैज्ञानिक तवर र ठोस रूपबाट प्रतिरोध र नियन्त्रण गर्ने स्तरलाई उकास्नुकासाथै निरन्तर रूपमा महामारी प्रतिरोधात्मक कदमको सुधार गर्नुपर्छ। यसबाहेक, खोपलाई सबल पारी जाँचबुझ सामग्री र औषधिको अनुसन्धान आदि कार्यलाई तीव्रता दिएर प्रतिरोध र नियन्त्रण कार्यलाई सुनिश्चित बनाउनुपर्छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गत मार्च १७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको स्थायी समिति सम्मेलनको अध्यक्षता गर्दै उक्त कुरा बताउनुभएको हो।

 

उक्त सम्मेलनमा राष्ट्राध्यक्ष सीले नयाँ कोरोना महामारी अवस्थाको विश्लेषण गर्नुका साथै गम्भीरताका साथ महामारीको नियन्त्रण र प्रतिरोध कार्यको तर्जुमा गर्नुभएको थियो।

 

राष्ट्राध्यक्ष सीको उक्त कुराले वैज्ञानिक तथा निश्चित रूपमा महामारीको प्रतिरोध र नियन्त्रण गर्न र छिटोभन्दा छिटो शुन्य लक्ष्यलाई साकार तुल्याउनका लागि सही दिशा देखाउनुका साथै सशक्त निर्देशन पनि दिएको छ।