अमेरिकाले युक्रेनका जनताको हेरचाह गर्ने हो भने शान्ति स्थापना गराउनुपर्ने
2022-03-22 17:01:22CRI
Share with:

स्थानीय समय मार्च २० तारिख अमेरिकाका लागि चिनियाँ राजदूत छिन काङले अमेरिकी कोलम्बिया ब्रोडकास्टिङ सिस्टमलाई अन्तर्वार्ता दिँदै चीनले रुसलाई सैनिक सहायता दिनेसम्बन्धी भनाइ नक्कली सूचना भएको र चीनले यसको विरोध गरेको बताउनुभएको छ। राजदूत छिन काङले युक्रेन समस्यामार्फत अमेरिका र पश्चिमी मुलुकले चीनको बदमान गरेको भन्दै खण्डन गर्नुभएको छ।

रुस र युक्रेनको सैनिक भिडन्त हुनुअघि अमेरिकी केही राजनीतिज्ञहरू र सञ्चार-माध्यमहरूले चीनमाथि लक्षित नक्कली सूचना फैलाएका थिए। उनीहरूले चीनले रुसलाई सैनिक सहायता दिएको भन्दै बदमान गरेका थिए। केही पश्चिमी मुलुकहरूले अमेरिकाको पाइला पछ्याएका थिए। अमेरिकी अधिकारीहरूले चिनियाँ उद्योग-व्यवसायहरूलाई नाकाबन्दी लगाउने त्रास पनि फैलाएका थिए।

१९ वर्षअघि अमेरिकाले “लुगा धुने पाउडर”को प्रयोग गरी विश्वलाई धोका दिएको र इराकको आक्रमण गरेको थियो। हालसम्म यो कसैले पनि बिर्सिएका छैनन्। अमेरिकाले युक्रेन समस्यामार्फत चीनमाथि लक्षित नक्कली सूचना बनाएको उद्देश्य चीनको बदमान गर्नु हो।

युक्रेन संकट भएयता चीनले शान्ति वार्ता सधैं नै बढाइरहेको र युक्रेनको मानवीय संकटको रोकथामबारे छ सूत्रीय प्रस्ताव प्रस्तुत गरेको छ। हाल चीनले युक्रेनलाई धेरै चरणमा मानवीय सहायता दिइसकेको छ। चीनले स्थानीय जनतालाई खाद्य-पदार्थ, औषधी, सुत्ने थैलो, शिशु स्याहारका लागि सहायता दिएको छ। चीनले परिस्थितिबमोजिम युक्रेनलाई निरन्तर रुपमा मानवीय सहायता दिने कुरा व्यक्त गरेको छ।

अमेरिकी राष्ट्रपतिले मार्च १६ तारिख हस्ताक्षर गर्नुभएको स्मृति पत्रअनुसार, अमेरिकी प्रतिरक्षा मन्त्रालयले युक्रेनलाई ८० करोड अमेरिकी डलरको हतियार सहायता दिनेछ।

चीन र अमेरिका मध्ये कसले शान्तिको संरक्षण गरेको र कसले युद्ध चलाएको अन्तर्राष्ट्रिय समाजले निष्पक्ष मूल्यांकन गर्ने छ।