चीनको युननानको लुत्यान गाउः छ्यापी रोपनबाट पुनरूत्थान
2022-03-22 10:38:28cri
Share with:

चीनको युननान प्रान्तको लुत्यान बस्तीका गाउँलेहरू छ्यापी रोप्नमा व्यस्त देखिन्छन्। 

केही वर्षयता युननान लुत्यान बस्तीमा स्थानीय मौसम र जमीनको विशेषता अनुसार, छ्यापी रोपन व्यवसायको विकास हुँदै आएको छ। यस व्यवसायले वरिपरि गाउँ र बस्तीका बासिन्दालाई आकर्षित गरेसँगै घर नजिकै ठाउँमा रोजगारी समेत पाएका छन्। जुन स्थानीय गाउँको पुनरूत्थानकालागि हितकर भएको छ। 

पहिले चीनका ग्रामीण क्षेत्रका बासिन्दाहरू घरबाट टाढा गएर सहरमा काम गर्ने चलन थियो, जसबाट ग्रामीण क्षेत्रको विकास हुनपाएको थिएन साथै विपन्नता पनि बढ्दै गएको थियो। केही वर्षयता चीन सरकारले विभिन्न ठाउँको प्राकृतिक अवस्थाअनुसार, विशेषतायुक्त व्यवसायको सिर्जना गर्दै आएकोले स्थानीय श्रम शक्तिलाई घर नजिकै रोजगारी दिएको छ। यसबाट गाउँ क्षेत्रको सुधार र विकास भइरहेको छ।