राष्ट्राध्यक्ष सी जानुभएको नदी र समुद्र
2022-03-22 15:14:00cri
Share with:

आज मार्च २२ तारिख तीसौँ विश्व पानी दिवसहो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पानी मानवजाति बाँच्ने भरपर्दो आधार र मानव सभ्यताको स्रोत भएको उल्लेख गर्दै जल स्रोतको संरक्षणमा उच्च ध्यान दिनुभएको छ। चीनका विभिन्न प्रान्तमा निरीक्षण गर्ने क्रममा उहाँ स्थानीय जलस्रोत क्षेत्रमा पुगेर विशेष अवलोकन पनि गर्नुभएको छ।

 

तिब्बत भ्रमण क्रममा उहाँ लिन्ची नी याङ नदी जानुभएको थियो। यसै गरी शानतोङमा उहाँले पीत नदी समुद्रमा मिसिने ठाउँको अवलोकन गर्नुभएको थियो। उहाँ छिङहाई ताल पनि जानुभएको छ। पर्यावरणीय संरक्षण तथा हरित विकास सी चिनफिङ विचार धारामा समेटिएको छ।