#अल्पसंख्यक जाति#:हिउँदे ओलम्पिक खेलकूद सँगसँगै सिन्च्याङमा बरफ उद्योगको विकास?
2022-03-22 18:34:44CRI
Share with:

पैचिङ हिउँदे पारा ओलम्पिक २०२२ खेलकुदको समापन समारोह मार्च १३ तारिख राती राष्ट्रिय रङगशालामा आयोजना गरिएको छ। योसँगै सन् २०२२ हिउँदे ओलम्पिक सम्पन्न भएको छ। तर हिउँदे ओलम्पिकबाट उठाइएको हिउँ र बरफ खेल निरन्तर रूपमा विकसित हुँदैछ। सिनच्याङले विशेषतायुक्त स्रोतको प्रयोग गरेर हिउँ र बरफ खेलको विकास गर्दैछ। आजको कार्यक्रममा म यस विषय बारेमा जानकारी दिन चाहन्छु।

 

" बरफ र हिउँ खेलकुदको विकासमा सिच्याङसँग प्राकृतिक श्रेष्ठता छ..."

" सिन्च्याङको विशेष जातीय रीतिरिवाजसहित स्की खेलको विकास गरेर अझ बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय स्कीयरहरूलाई आकर्षित गर्नुपर्छ।"

फेब्रुअरी ४ मा आयोजित २४औं हिउँदे ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा प्रदर्शित भिडियोमा “मानव स्कीको उत्पत्ति-सिन्च्याङको आलथाइ” भन्ने विषय समावेश छ। जसले स्कीबारे मानवको बुझाइ १२ हजार वर्षअघि पुर्याएको छ।

पैचिङ हिउँदे ओलम्पिक खेलकूदको प्रभावमा बितेका वर्षहरूमा सिनच्याङमा बरफ पर्यटनको विकास भइरहेको छ। यसै क्रममा बरफ अनुभव, तालिम र पर्यटन देखा पर्न थालिएको छ। सिन्च्याङमा हिउँ र बरफ जस्ता ‘चिसो स्रोत’ लाई उच्च गुणस्तरीय विकास गर्ने ‘तातो अर्थ’ मा परिणत गरिँदै आएको छ।

एक सूचना अनुसार, हिउँदे ओलम्पिक खेलकूदको पहिलो सातामा सिन्च्याङ भ्रमणमा गएका पर्यटकहरूको संख्या करिब ३६ लाख थियो। हालसम्म सिन्च्याङमा ७२ वटा स्की स्थलको निर्माण भइसकेको छ र १२ वटा शहर, जिल्लामा बरफ सम्बन्धि महोत्सवको आयोजना गर्दैआएको छ।

पैचिङ हिउँदे ओलम्पिक खेलकूद सम्पन्न भए तापनि चीनमा स्की उपभोग बढ्दै गइरहेको छ। गत मार्चमा आयोजित दुई अधिवेशनमा सिन्च्याङ नोर्मल विश्वविद्यालयका उप कूलपति कुलीपाली अब्दुलले सिनच्याङमा बरफ उद्योगको विकासबारे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँले सिन्च्याङका विश्वविद्यालयहरूमा बरफ खेलको प्रसार गर्दै सम्बद्ध विषयमा कक्षा खोलेर पेशागत दक्ष व्यक्ति हुर्काउन आग्रह गर्नुभएको छ।

" बरफ र हिउँ खेलकुदको विकासमा सिच्याङसँग प्राकृतिक श्रेष्ठता छ। विभिन्न विद्यालय र विश्वविद्यालयलाई हिउँ तथा बरफ खेलमाथि थप महत्व दिन र सम्बद्ध विषयमा कक्षा खोलेर पेशागत दक्ष व्यक्ति हुर्काउन आग्रह गर्दछु।"

चिनियाँ राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य तङ हुङले यसरी भन्नुभयो-

“हाल सिन्च्याङले यो मौकाको फाइदा उठाएर हिउँद तथा बरफ पर्यटन र उद्योगको विकास गर्दै आधारभूत प्रबन्धको निर्माण गर्न, स्कीमा दक्ष व्यक्ति हुर्काउने, विशेष गरी स्की प्रतियोगिता भित्र्याउने क्षेत्रलाई सबल पार्नुपर्छ। सिन्च्याङको विशेषतायुक्त जातीय स्की खेल, उदाहरणका लागि बरफ तथा हिउँ महोत्सव, हिउँदे शिकार महोत्सव, आलथाइ क्षेत्रीय भेडाको छालामार्फत् स्की खेलको विकास गरेर अझ बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय स्कीयरहरूलाई आकर्षित गर्नेछ। ”

प्राप्त जानकारी अनुसार, सन् २०२५ सम्म सिनच्याङलाई चीनमा बरफ खेलको गन्तव्य स्थल बनाउने लक्ष्य लिएको छ। सिन्च्याङले बरफ उद्योगको उच्च गुणस्तरीय विकास सम्बन्धि विविध कदम चालिरहेको छ।