छाङ फिङको लडाइँ-2
2022-03-23 10:21:52cri
Share with:

गत साता पहिलो भाग राखिएको लेखको बाकी भाग। पहिलो भागको लिङ्क:

 

यो अन्योलको स्थितिलाई भंग गर्नका लागि छिन राज्यले कलहको बीउ छर्ने दाउपेज खेल्यो जसअनुसार त्यसले चाउ राज्यको राजधानी हान तानमा मानिस पठाएर चाउ राज्यका भाइ-भारदार र अरु अधिकारीहरुलाई आफ्नो हातमा पार्न धेरै पैसा खुवाउनुका साथै चाउ राज्यका राजा तथा लेन फो बीच बेमेलको स्थिति सिर्जना गर्ने उद्देश्यले लेन फोले त्यसै बसेर प्रतिरक्षा मात्र गरिरहेको कुराबाट अब चाँडै नै शत्रु सेना समक्ष आत्म-समर्पण गर्नसक्ने संकेत देखिएको र छिन राज्यका सेना जनरल चाओ खुआदेखि नै अति डराएको जस्ता होहल्ला चारैतिर फिंजाउने गरेको थियो। सैनिक अवस्थाको जानकारी नलिएका चाउ राज्यका राजाले लेन फोले लडाइँ गर्न डराएको ठानेर त्यस्तो होहल्ला सुनेपछि लेन फोको स्थानमा चाउ खुओलाई कमाण्डर बनाए।

चाउ खुओ लडाई‌को अनुभव कम भएको र युद्धको कुशलता नभएको तथा लडाइँको बारेमा जथाभावी कुरा गर्नसक्ने एकजना व्यक्ति थिए । उनले छाङ आन पुगेपछि लेन फोको रणनीतिक रुपमा प्रतिरक्षात्मक लडाइँ गर्ने शैलीमा परिवर्तन गरेर रणनीतिक रुपमा हमला गर्ने र एकमुष्ठ विजय हासिल गरेर शाङ ताङलाई पुनः आफ्नो काबूमा ल्याउने उपाय खोजेका थिए ।

छिन राज्यका राजाले कलहको बीउ छर्ने आफ्नो कुचेष्टा सफल भएको देखेर तुरुन्तै वाङ छेनको सट्टामा युद्धको कुशलता भ‍एको र धेरै पराक्रमी जनरल पाई छिलाई छिन राज्यको सेनाका कमाण्डर बनाए। चाउ राज्यको सेनालाई सतर्क हुन नदिनका लागि छिन राज्यका राजाले सेनालाई यो कुरा गोप्य राख्न आदेश दिएका थिए ।

लडाइँको अनुभव नभएको , अविवेकी र शत्रुलाई हेला गर्ने चाउ खुओको त्रुटि पत्ता लगाएर पाई छिले रणभूमिबाट हटेर शत्रुलाई घेराबन्दी गर्दै सखाप पार्ने कार्यनीति अपनाएर सेनालाई सूक्ष्म रुपमा पुनः मिलाएका थिए ।

ईसा पूर्व 260मा चाउ खुओले छिन राज्यका सेनाको नेतृत्व गर्दै छिन राज्यका सेनामाथि ठूलो पैमानामा आक्रमण गर्नथालेका थिए । दुइ पक्षका सेना बीच घमासान युद्ध भएपछि शत्रुलाई भ्रम पार्ने छिन राज्यको सेना तुरुन्तै हार खाएर पछि हट्नथालेको थियो । चाउ खुओले त्यसको वास्तविकता नबुझेर तुरुन्तै लखेट्न थालेका थिए । चाउ राज्यको सेना छिन राज्यको सेनाव्दारा पूर्व निर्धारित युद्ध मोर्चामा पुगेपछि तत्कालै छिन राज्यको सेनाको बज्र प्रहारमा परेको थियो । चाउ खुओले पछि हट्न खोजेको थियो तर ढिलो भयो । पहिले नै त्यहाँ लुकीबसेको छिन राज्यको सेनाका अरु दुईवटा फौजले तुरुन्तै तिव्र गतिले आइलागेर चाउ राज्यको सेना र शिविर बीचको सम्पर्क रोकेर चाउ राज्यको सेनालाई घेराबन्दी गरेका थिए ।

विवशतामा परेका चाउ खुओले वरिष्ट सैनिकलाई नेतृत्व गर्दै घेराबाट मुक्त हुन अन्तिम कोशिश गरेका थिए । तर छिन राज्यका सैनिकले उनलाई मारिदिए । कमाण्डर गुमेपछि चाउ राज्यको सेनाले लडाइँ गर्ने संकल्प पनि नभएर पूराका पूरै आत्म समर्पण गरेका थिए । छिन राज्यका सेनाले यो छाङ फिङ युद्धमा पूर्ण विजय हासिल गरेको थियो ।

चीनको इतिहासमा छाङ फिङ लडाइँ एक असाधारण लडाइँ थियो । साथै चीनको इतिहासमा घेराबन्दी गरेर गरिएको सबैभन्दा पहिलो र सबैभन्दा ठूलो परिधिको लडाइँ पनि थियो।