फ्रान्सेली मिडियाः डेलिभरी कर्मचारी चिनियाँ सहरमा महामारी प्रतिरोध गर्ने सैनिक
2022-03-23 14:14:03cri
Share with:

फ्रान्स समाचार समितिले मार्च १९ तारिख जनाएअनुसार, महामारीका कारण केही शाङहाई नागरिक घरमा क्वारेन्टाइनमा बसेका छन्। यस विशाल शाङहाई सहरमा आकस्मिक रूपमा देखिएको शान्त सडकमा अहिले धेरैजसो डेलिभरी कर्मचारीहरू भेटिन्छन्।

 

घरमा क्वारेन्टाइनमा बसेका शाङहाई नागरिकला खाद्यान्न तथा स्वास्थ्य सामग्रीको माँग र आवश्यकतामा वृद्धि भएकोले एक डेलिभरी कर्मचारीले प्रतिदिन १ सयभन्दा बढी अर्डर पाएका छन्।

 

चीनमा विश्व मै सबैभन्दा ठूलो परिमाण र सबैभन्दा विकसित डेलिभरी व्यवसाय रहेको छ। सुविधायुक्त सेलफोन एपबाट प्रयोगकर्ताले केही किलोमिटर परिधि भित्रका सबै सुपरमार्केट, रेस्टुराँ, फार्मेसीमा अर्डर गर्न सक्छन्। केही समयपछि डेलिभरी कर्मचारीले उनीहरूको अर्डर बसोबास क्षेत्रको नियमित ठाउँमा पुर्याएपछि प्रयोगकर्ता आफैँले लिन सक्छन्। यसले प्रत्यक्ष सम्पर्कबाट पनि जोगाउन सहयोग गर्दछ।