
अमेरिकी रक्षा मन्त्रालयका पूर्व अधिकारी फ्रान्किन सी स्पिनीले हालै रुस र युक्रेनबीच भिडन्त भएयता पेन्टागन अर्थात् अमेरिकी रक्षा मन्त्रालय, सडक, सैन्य उद्यम व्यवसाय र क्यापिटलमा स्याम्पेन खोलेर मनाइएको कुरा बताउनुभएको छ। उहाँले अमेरिका रुस र युक्रेनबीचको भिडन्तबाट लाभान्वित भएको सबैभन्दा ठूलो पक्ष भएको पनि बताउनुभएको छ।
स्पिनीले विश्लेषण गर्नुभएको झैं रुस र युक्रेनबीचको भिडन्त राजनीतिक हेरफेरको नतिजा हो। अमेरिकाले रुस र युक्रेनको भिडन्तमार्फत आफ्नो मुलुकको सैन्य उद्यम व्यवसायहरूलाई धैरै फाइदा प्राप्त गराएको, रुसमाथि नाकाबन्दी लगाई युरोपले रणनीतिक स्वतन्त्रता खोज्ने पाइला रोकेको र अमेरिकी शैलीको एकाधिकारलाई सुदृढ पारेको छ।

युक्रेनको संकटबाट अमेरिका विश्वको झै झगडाको पर्दापछाडिको पक्ष भएको कुरा प्रमाणित भएको छ। अमेरिकाले आफ्नो जिम्मेवारको वेवास्ता गरी अरु मुलुकको बदमान गरेको छ। “न्यूयोर्क टाइम्स”ले धेरै पटकसम्म नकली सूचना फैलाई चीनले यस पटकको भिडन्तअघि रुसको सैनिक कारवाही थाहा पाएको र रुससँग पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि कारवाही गर्न आग्रह गरेको प्रचार गरेको छ। सञ्चार-माध्यमले जनाएअनुसार, “न्युयोर्क टाइम्स”ले उद्धृत गरेको “अज्ञात उच्च पदाधिकारी” ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा समिति हो। हाल अमेरिकाले भनेको रुसले चीनको समर्थन सैनिक कारवाही गरेको कुरा अफवाह मात्र हो।
विश्वले मौका छोपेर आफ्नो हित प्राप्त गरेको र स्याम्पेन खोलेर मनाएको “झुटको साम्राज्य” युक्रेन संकट बनाएको पक्ष भएको स्पष्ट छ।


