चिनियाँ अन्तरिक्ष स्टेशनको दोस्रो अन्तरिक्ष शिक्षण सफल
2022-03-23 18:58:43CRI
Share with:

चिनियाँ मानववाहक अन्तरिक्ष कार्यालयबाट प्राप्त जानकारीअनुसार, मार्च २३ तारिख दिउँसो ३ बजेर ४४ मिनेटदेखि “थ्यानकुङ कक्षाकोठा” नामक दोस्रो अन्तरिक्ष शिक्षण कार्य सुरू भएको छ। अन्तरिक्ष शिक्षक चाइ चकाङ, वाङ याफिङ र ये क्वाङफूले अन्तरिक्ष विज्ञान कक्षा लिएका छन्।

४५ मिनेटको शिक्षणमा यी तीन जनाले विविध प्रयोग परीक्षणमार्फत् वैज्ञानिक सिद्धान्त सिकाएर केही अन्तरिक्ष विज्ञान प्रबन्ध देखाउनुका साथै   अन्तरिक्ष स्टेशनमा काम गर्ने र बस्ने अवस्थाबारे चर्चा गरेका छन्। सो अवसरमा, अन्तरिक्ष यात्रीहरूले भिडियो वार्तामार्फत भूमिमा रहेका शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्।

चाइना मिडिया ग्रुपले अन्तरिक्ष शिक्षणको प्रत्यक्ष प्रसारण गरेको छ।