राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चौथो चीन र क्यूबा दुई पार्टी सैद्धान्तिक गोष्ठीलाई बधाई सन्देश
2022-03-24 09:59:02cri
Share with:


चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी र क्यूबा कम्युनिष्ट पार्टीको चौथो सैद्धान्तिक गोष्ठीलाई बधाई सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी र क्यूबा कम्युनिष्ट पार्टी आ-आफ्नो देशको समाजवादी कार्यको नेतृत्वदायी केन्द्र रहेको बताउनुभयो। उहाँका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन यता चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गर्दै सुधार र खुलापन तथा समाजवादी आधुनिकीकरणको निर्माणमा ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ।

 

क्यूबा कम्युनिष्ट पार्टीसँगै महत्वपूर्ण सिद्धान्त र वास्तविक समस्या सम्बन्धी आ-आफ्नो धारणाको गहन रूपमा वैचारिक आदान प्रदान गर्दै एकले अर्काबाट देश सञ्चालन र शासन व्यवस्था सम्बन्धी अनुभव सिकेर आ-आफ्नो पार्टीको निर्माण र समाजवादी कार्यको निरन्तर रूपमा विकास गर्दैजान चिनियाँ कम्युनिष्ट पार्टी इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले उल्ल्ख गर्नुभएको छ।