चीनको अर्थतन्त्रको पुनरुत्थानको सकारात्मक शक्ति विश्वव्यापी रूपमा फैलिँदै जाने
2022-03-24 16:16:13cri
Share with:

समष्टिगत अर्थतन्त्र, घरजग्गा, विदेशी सूचीकरणमा चिनियाँ कम्पनीको शेयर, प्लेटफर्म अर्थतन्त्र... १६ तारिख चीनको राज्य परिषद्को वित्तीय स्थिरता र विकास समितिको विशेष बैठकले सबैभन्दा धेरै चिन्ता लागेका मुद्दाहरूको एक-एक गरी जवाफ दिएको छ। धेरै विश्लेषकहरूले औँल्याए अनुसार यस पटकको बैठक समयसापेक्ष र सटीक थियो, यसले चीन सरकारको आफ्ना अपेक्षाहरू, विदेशी लगानी र विकासलाई स्थिर पार्ने सकारात्मक संकेत दिएको छ र प्रभावकारी रूपमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको विश्वास बढाएको छ।

वित्त आर्थिक विकासको रक्तरेखा हो। विगत केही महिनादेखि चीनको वित्तीय बजार निकै दबावमा रहेको छ। महत्वपूर्ण क्षणमा वित्तीय समितिको बैठकले बजारको अपेक्षालाई स्थिर बनायो र प्रभावकारी रूपमा बजारको चिन्तालाई कम गर्यो। वास्तवमा, विगतका केही वर्षहरूमा चीनको अर्थतन्त्रको प्रदर्शनले यसको बलियो जोखिम विरोधी क्षमता र ठूलो जीवन्त शक्ति प्रमाणित गरेको छ। सन् २०२० मा चीन महामारीको अवस्थामा सकारात्मक वृद्धि हासिल गर्ने विश्वको एक मात्र प्रमुख अर्थतन्त्र बनेको थियो। सन् २०२१ मा चीनको ८.१% को जीडीपी वृद्धि पनि प्रभावशाली हो।

   हाल चीनको आर्थिक पुनरुत्थान निरन्तर रूपमा अघि बढिरहेको छ। हालै सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कले यस वर्षको पहिलो दुई महिनामा चीनको आर्थिक पुनरुत्थान सोचेभन्दा राम्रो भएको देखाएको छ जसले वार्षिक, आर्थिक तथा सामाजिक विकास लक्ष्यहरू हासिल गर्ने आधार तयार गरेको छ। विशेष गरी उपभोग्य क्षेत्रको पुनरुत्थान स्पष्ट सुधारिँदै गएको छ। यी अघिल्ला दुई महिनामा चीनमा उपभोग्य वस्तुहरूको कुल खुद्रा विक्री गत वर्षको सोही अवधिको तुलनामा ६.७ प्रतिशतले बढेको छ भने यो अङ्क रोयटर्सद्वारा अन्तर्वार्ता लिइएको अर्थशास्त्रीहरूको ३ प्रतिशत पूर्वानुमानभन्दा धेरै राम्रो देखिन्छ। उपभोग्यको पुनरुत्थानले चीनको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण भूमिका सिर्जना गर्दछ। गत वर्षको ८.१ प्रतिशतको आर्थिक वृद्धिमा उपभोग्यले ६५.४ प्रतिशत योगदान सिर्जना गरेको छ भने अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने पहिलो शक्ति बनेको छ। यसबाहेक यी अघिल्ला दुई महिनामा चीनको औद्योगिक उत्पादन, लगानी, आयात निर्यात आदि क्षेत्रमा अपेक्षाकृत तीव्र गतिको विकास देखिन्छ। जसबाट हेर्दा चीनको आर्थिक सञ्चालनले स्थिर प्रगतिको गतिलाई कायम राखेको छ भने अर्थतन्त्र राम्रो दिशातर्फ विकसित भएको आधार पनि परिवर्तन भएको छैन।

   बजार सामान्य रूपमा अपेक्षित रहन्छ भने स्थिर वृद्धिको लागि चीनको फलोअप समर्थन कमजोर हुने छैन। वित्तीय प्रणालीले वास्तविक अर्थतन्त्रमा राम्रोसँग "रगत आपूर्ति" गर्दै चीनको अर्थतन्त्रको स्थिर तथा दिगो विकासका लागि संरक्षण गर्दै जाने छ। चीनको अर्थतन्त्रको पुनरुत्थानको सकारात्मक शक्ति विश्वव्यापी रूपमा फैलिँदै जाने छ।