तथाकथित “मानव अधिकारका रक्षक”द्वारा प्रतिबद्धताको उल्लंघन
2022-03-24 16:20:57CRI
Share with:


अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनले हालै एक वक्तव्य प्रकाशित गर्दै तथाकथित मानव अधिकारका रुपमा राखेर चीनमा र अमेरिकामा रहेका केही चिनियाँ अधिकारीहरूलाई भिसा सीमित पार्ने कुरा बताउनु भएको छ। अमेरिकी राजनीतिज्ञहरूले मानव अधिकारको नाममा तथाकथित “मानव अधिकार रक्षक”को कपट देखाएका छन्।

ब्लिन्केनले वक्तव्य प्रकाशित गर्नुअघिको एक दिन अर्थात् मार्च २० तारिख इराकमाथि अमेरिकाले आक्रमण गरेको १९ औं स्मृति दिवस थियो। करीब २ लाख सर्वसाधारणको मृत्यु भएको यो युद्धबारे अमेरिकाले युद्ध चलाउने कुनै पनि प्रमाण दिन सकेको छैन।

इराक, अफगानिस्तान, सिरिया, युक्रेनका सर्वसाधारण अमेरिकाले सिर्जना गरेको युद्धबाट प्रभावित भएका छन्। वास्तविकताबाट प्रमाणित गरिएअनुसार, अमेरिका विश्वमा मानव अधिकारको उल्लंघन गर्ने सबैभन्दा ठूलो मुलुक हो। अमेरिकाले विश्वका धेरै क्षेत्रहरूका जनतालाई गम्भीर दुःख दिएको छ।

अमेरिकाको मानव अधिकार पनि गम्भीर छ। हालसम्म अमेरिकामा जातीय भेदभाव छ।

ब्लिन्केनले वक्तव्य प्रकाशित गर्नुअघि चीन र अमेरिका दुबै मुलुकका नेताहरूले भिडियो वार्ता गर्नुभयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन र अमेरिकाको सम्बन्धमा हालको अवस्था देखापरेको कारण अमेरिकाका केही व्यक्तिहरूले चीन र अमेरिकाका नेताहरूबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा नउतारेको र राष्ट्रपति बाइडेनको सकारात्मक धारणालाई व्यवहारमा कार्यान्वयन नगरेको बताउनुभयो।

ब्लिन्केनले मानव अधिकारको नाममा चीनलाई बदमान गर्नु भएको, चीनका अधिकारीलाई दबाउनु भएको र चीन तथा अमेरिकाका नेताहरूको सहमतिको उल्लंघन गर्नु भएको छ।