चिनियाँ विशेषज्ञद्वारा अफ्रिकामा कृषि प्रविधि भित्र्याइने
2022-03-25 16:37:20cri
Share with:


 

हालै संयुक्त राष्ट्र संघीय विश्व अन्नबाली योजना कार्यालयले चेतावनी दिँदै अफ्रिकाको उत्तर-पूर्वी क्षेत्रमा सन् १९८१ यता कै सबैभन्दा गम्भीर खडेरी देखापरेको तथा करीब १ करोड ३० लाख मानिस गम्भीर भोकमरीको अवस्थामा रहेको जनाएको छ। त्यसैले संयुक्त राष्ट्र संघीय विश्व अन्नबाली योजना कार्यालयले अफ्रिकी सिङ क्षेत्रको खडेरी सामना योजना शुरु गरेर अफ्रिकी सिङ क्षेत्रमा खडेरीबाट प्रभावित सर्वसाधारणलाई अन्नबालीको सहायता दिनुपर्नेछ। संयुक्त राष्ट्र संघीय विश्व अन्नबाली योजना कार्यालयअन्तर्गत क्षेत्रीय आपत्कालीन अवस्थाका उच्च सल्लाहकार सेन भन्नुहुन्छ “संयुक्त राष्ट्र संघीय विश्व अन्नबाली योजना कार्यालयलाई ३२ करोड ७० लाख अमेरिकी डलर चाहिन्छ। उक्त रकमबाट प्रकोपग्रस्त क्षेत्रका ४५ लाख मानिसलाई अन्नबालीको सहायता दिइने छ।”

 

इरिट्रिया सन् २०२२ मा चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अफ्रिकाको भ्रमण गर्नुभएको पहिलो मुलुक हो। इरिट्रियाको सहायता दिने चीनको तेस्रो खेपको उच्च कृषि विशेष टोली वाङ यीको भ्रमणको महत्वपूर्ण उपलब्धिहरूमध्येको एक हो र गत वर्षको नोभेम्बर महिनाको अन्त्यमा आयोजना भएको चीन-अफ्रिका सहयोग मञ्चका मन्त्रीहरूको आठौं सम्मेलनको उपलब्धिलाई व्यवहारमा उतार्ने कदमहरूमध्येको एक हो।


 

चीन-अफ्रिका सहयोग मञ्चका मन्त्रीहरूको आठौं सम्मेलन अनुसार चीनले अफ्रिकी मुलुकहरूसँग सहकार्य गरी “नौ वटा परियोजना” को संयुक्त रुपमा कार्यान्वयन गर्ने छ। ती नौ वटा परियोजनामा गरिबी न्यूनीकरण र किसानलाई लाभ दिने परियोजना समावेश छन्। चीनले अफ्रिकालाई गरिबी न्यूनीकरण र कृषिसम्बन्धी दश वटा परियोजनाको कार्यान्वयन गर्न सहयोग गर्ने, पाँच सय जना कृषि विशेषज्ञ पठाउने, चीनमा चीन-अफ्रिका आधुनिक कृषि प्रविधिको आदान-प्रदानको नमूना र तालिम केन्द्रको स्थापना गर्ने, चिनियाँ संस्थान र उद्योग-व्यवसायलाई अफ्रिकामा चीन-अफ्रिका कृषि विकास र गरिबी न्यूनीकरणको नमूना गाउँको स्थापना गर्न प्रोत्साहन गर्ने छ।

 

केही दिनअघि आयोजना भएको चीन-अफ्रिका सहयोग मञ्चका मन्त्रीहरूको आठौं सम्मेलनको फलो-अप गोष्ठीमा चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत अफ्रिका विभागका प्रमुखले चीनले उपलब्धिलाई व्यवहारमा उतार्ने क्षेत्रमा प्रयास गरेको बताउनुभयो। उहाँ भन्नुहुन्छ “चीनले आधुनिक कृषि प्रविधिको आदान-प्रदान, तालिमआदि क्षेत्रहरूमा तयारी गरेको छ। चीनले चीनतर्फ आयातित अफ्रिकी कृषि उपजका लागि हरित मार्ग खोलेको छ। यो अफ्रिकी मुलुकहरूले कृषि उपजको निर्यातलाई विस्तार गर्न, कृषिको विकास गर्न र अफ्रिकी मुलुकहरूको अन्तर्राष्ट्रिय आयव्ययको सुधार गर्नका लागि हितकर छ।”

 

लिउ युनमिनले नाइजेरिया, इथियोपियाआदि अफ्रिकी मुलुकहरूमा काम गर्नुभएको थियो। उहाँले अफ्रिकाको कृषिको विकासका लागि योगदान दिनसक्ने अपेक्षा गर्नुभयो। उहाँ भन्नुहुन्छ “हाम्रो प्रविधि र अनुभवमार्फत हामीले इरिट्रियामा सिमी, फलफूल र साग रोप्न र धनी बनाउन नेतृत्व गर्ने व्यक्तिहरूलाई तालिम दिन सहयोग गर्ने छौँ। हामीले चीनको कृषि प्रविधिको उपलब्धिमार्फत योगदान गर्ने छौँ।”