रुस र युक्रेनबीचको भिडन्त एक महिना बित्दा पनि अमेरिका गैर जिम्मेवार
2022-03-25 16:05:59CRI
Share with:

मार्च २४ तारिख रुस र युक्रेनको सैनिक भिडन्त भएको एक महिना पूरा भएको छ। अमेरिकी राजनीतिक वैज्ञानिक जोन जोसेफ मिर्शैमिर, दक्षिण अफ्रिकी राष्ट्रपति माटामेला सिरिल रामापोसा लगायतका धेरै अन्तर्राष्ट्रिय व्यक्तिहरूले पश्चिमी मुलुक खास गरी अमेरिकाले रुस र युक्रेनको भिडन्तबारे जिम्मा लिनुपर्ने ठहर लिनु भएको छ।

हाल अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण प्रस्थान गर्नुभएको छ। अमेरिकाले जनाएअनुसार, बाइडेनको भ्रमणले रुसमाथि लक्षित शृङ्खलाबद्ध नयाँ कदमहरू तोक्ने छ। नयाँ कदमहरूमा नाकाबन्दी लगाउने पछिल्लो कदम समावेश छ। अमेरिकाले पश्चिमी गठबन्धनसँग निरन्तर रुपमा नाकाबन्दी लगाउने हो भने यस पटकको भिडन्तका लागि अझै धेरै दुःख ल्याउने छ।

रुसले आफ्नो सुरक्षाप्रति चिन्ता लिएको र नेटोमा युक्रेन सहभागीको विरोध गरेको कुरा व्यक्त गरेको छ। तर रुस र युक्रेनबीच भिडन्त हुनुअघि आयोजना भएको अमेरिका र रुसको वार्तामा अमेरिकाको अडान कठोर थियो। नेटोले पूर्वतर्फ विस्तार नरोक्ने कुरा अमेरिकाले व्यक्त गरेको थियो।

रुस र युक्रेनबीचको भिडन्त भएको एक महिनायता युद्धमा परेका युक्रेनी जनता र नाकाबन्दी भोगेका रुसी जनताप्रति अमेरिका जिम्मेवारबाट भाग्न सक्दैन। अमेरिकाले रुस र युक्रेनको शान्ति वार्ताका लागि पूर्वशर्तको सिर्जना गर्नुपर्छ।