“पहिलेको नेटो” फर्कन सक्दैन
2022-03-25 21:26:39CRI
Share with:

स्थानीय समय मार्च २४ तारिख नेटोले वेभसाइटमा नेटोको शिखर सम्मेलनमा सहभागी अमेरिका र युरोपका नेताहरूको फोटो सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले शिखर सम्मेलनपछि पहिलेजस्तै नेटो “शक्तिशाली र एकता” हुने बताउनुभएको छ।

तर वास्तविकता फरक छ। विश्वको सबैभन्दा ठूलो सैनिक गठबन्धनको “वैधानिक संकट” र भित्री ठूलो मतभेद लुकेको छैन। शीत युद्धको नतिजाको रुपमा “पहिलेको नेटो” फर्कन सक्दैन।

अमेरिकी दृष्टिकोणबाट हेर्दा नेटो अमेरिकाले सामूहिक राजनीतिको पालना गर्ने महत्वपूर्ण माध्यम र एकाधिकारको संरक्षण गर्ने सैनिक उपकरण हो।

युक्रेन समस्याको उदाहरणलाई लिन सकिन्छ। रुसप्रति अमेरिका र युरोपको सशक्त अडान छ। युरोपको विचारमा युक्रेन संकटको शान्तिपूर्ण समाधान एक मात्र ऊर्जा स्रोतको सुरक्षाको प्रत्याभूति गर्न सकिने छ। अमेरिकालाई थाहा छ तर अमेरिकाले युरोपको समस्याप्रति चिन्ता लिएको छैन।

अमेरिकाले संसारको नेतृत्व गर्न सक्दैन। युरोप “युरोपेलीहरूको युरोप” हो। रुस र युक्रेनबीचको भिडान्त एक महिनादेखि जारी छ। अझै धेरै व्यक्तिले युक्रेन संकट कहाँबाट आएको भनेर सोच-विचार गरेका छन्। अमेरिकाले युक्रेन सकंटको शान्तिपूर्ण समाधानलाई अगाडि बढाउने चेष्टा गरेको छैन। अब अमेरिकालाई पश्चिमी गठबन्धनले कसरी विश्वास गर्न सक्छन्?