नेपालका प्रधानमन्त्रीसँग चिनियाँ परराष्ट्रमन्त्रीको भेटवार्ता
2022-03-27 16:30:21CRI
Share with:

परराष्ट्रमन्त्री वाङ यीले शनिबार साँझ नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चिनियाँ परराष्ट्रमन्त्री वाङलाई नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने आश्वासन दिनु भएको नेपालका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको आर्थिक विकासमा सबै मित्रराष्ट्रको सहयोग आवश्यक रहेको बताउँदै चीनले गरिरहेको सहायतको प्रशंसा गर्नुभयो। देउवाले वाङसँग भन्नुभयो, ‘छिमेकी मुलुकका विरुद्ध हाम्रो भूमि प्रयोग हुन दिने छैनौं।’

चिनियाँ परराष्ट्रमन्त्री वाङले बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कमा रहेर चीनले नेपालसँग रेल, सडकजस्ता कनेक्टिभिटीका परियोजना अघि बढाउन र सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताउनु भएको छ। 

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपाल भ्रमणताका भएका सहमति र सम्झौता कार्यान्वयनमा परराष्ट्रमन्त्री वाङले जोड दिनु भएको छ।