अमेरिकाले पछाडिबाट खुकुरी हान्ने कुराप्रति युरोप सतर्क हुनुपर्ने
2022-03-28 20:52:25cri
Share with:

   

अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन यही २७ तारिख ३ दिन लामो युरोपको भ्रमण सिध्याएर वाशिंटन फर्कनुभएको छ। अझै नाकाबन्दीलाई बढाउने र हात हतियारको आपूर्तिलाई बढाउने विषय बाहेक बाइडेनले युक्रेन संकटको कसरी अन्त्य गर्ने भन्ने बारेमा कुनै पनि ठोस उत्तर दिनुभएको छैन।अमेरिकी पोलिटिको वेभसाइटले यस्तो मूल्याङकन गरेको छ।

 

युरोपको ३ दिनसम्म चलेको भ्रमण अवधिमा बाइडेनले शान्ति साकार तुल्याउन र तनावपूर्ण अवस्थालाई खुकुलो पार्न खोजेको कुनै पनि विषय बोल्नुभएको थिएन। बरू उहाँले उत्तेजना बढाएर वर्तमान अवस्थालाई चर्काउन खोज्नुभएको छ। नेटो, ७ मुलुक समूह र युरोपेली संघका तीनवटा शिखर सम्मेलनमा सहभागी हुँदा सँगै मिलेर रूसको प्रतिरोध गर्न युरोपेली संगातीलाई एकतावद्ध पार्नका लागि अमेरिकाले उर्जा स्रोत र सैन्य सुरक्षा आदि क्षेत्रमा रहेका अमेरिकाका अनेकन् अडान र धारणा प्रस्तुत गरेको थियो। तर ती अडान र धारणाबाट हेर्दा मुख्यत: अमेरिकाको आफ्नो हितको संरक्षण गर्नु मात्र हो। त्यसबाट युरोपको वर्तमान समस्याको समाधान गर्न कुनै पनि फाइदा पुग्दैन। बरू त्यसबाट युक्रेन संकटलाई झन् चर्काइँदै जानेछ।

यस्तो अवस्थामा धेरै पटक आफ्नो पछाडिबाट अमेरिकाद्वारा खुकुरी प्रहार गरिएको कुराप्रति युरोपले सतर्कता अपनाउनैपर्ने हुन्छ।