पैचिङ हिउँदे ओलम्पिक खेलकुदका सम्पदाद्वारा विश्वको दिगो विकासमा चिनियाँ योगदान
2022-03-28 15:30:13cri
Share with:


मार्च ४ तारिख पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुद र जन राजनीतिक परामर्शदातृ सम्मेलन १३ औँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशनमा सहभागी हुनुभएका सदस्यहरुले विश्वमा ग्रीष्मकालीन ओलम्पिक खेलकुदर हिउँदे ओलम्पिक खेलकुदको पहिलो आयोजक शहरको रुपमा पैचिङले पर्याप्त सम्पदाहरु प्राप्त गरेको विचार व्यक्त गर्नुभएको छ। पैचिङ शहरले विश्वको दिगो र हरित विकासका लागि चिनियाँ योगदान पुर्‍याउने उहाँहरुको ठहर छ।

 

सन् २००८ देखि २०२२ सम्म विश्वले पैचिङको विकास देख्नुका साथै भविश्यतर्फ अघि बढ्ने चीन पनि देखेको छ। २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद निकै रोचक थियो। हिउँदे ओलम्पिक खेलकुदका रंगशालाहरुप्रति विश्व आश्चर्यचकित बनेको छ। प्रतियोगितापछि हिउँदे ओलम्पिक खेलकुदका रंगशालाहरुको के कसरी प्रयोग गरिने छ र तिनीहरुको भावि मूल्य कसरी देखाइने छ? जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य, पैचिङ हिउँदे ओलम्पिक संयोजन समितिको निर्माण विभागका उप-प्रमुख शन चिनले ओलम्पिक खेलकुदको मापनसँग अनुकूल रहेका रंगशाला र संरचनाहरुको निर्माण गर्नुका साथै प्रतियोगितापछि रंगशालाहरुको दिगो प्रयोग पैचिङ हिउँदे ओलम्पिक संयोजन समितिको निर्माण विभागको एउटा महत्वपूर्ण कार्य रहेको जानकारी दिँदै भन्नुभयो,

यस पटकको ओलम्पिक खेलकुदका रंगशालाहरुका पाँच रंगशाला २००८ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको सम्पदा हुन्। यी रंगशालाहरुको पुन:प्रयोग रंगशाला निर्माणको महत्वपूर्ण आधार हो, सम्पूर्ण रंगशालाहरुको निर्माण गर्दा प्रतियोगिताहरुको आयोजना गर्दा र त्यसपछिको प्रयोग हुने दोहोरो मापदण्डबारे हामीले सोच-विचार गरेका थियौं। बरफ र हिउँ खेल सम्बन्धी रंगशालाहरुको राम्रोसँग निर्माण गर्नुका साथै नयाँ सम्पदाको सिर्जना गर्नु हाम्रो कार्यको लक्ष्य हो।

 

हिउँदे ओलम्पिक खेलकुदका रंगशालाहरुको डिजाइन गर्दा प्रतियोगिताहरुको माग पूरा गर्नुपर्ने बाहेक भविश्यमा धेरै काम गर्नसक्ने सोच विचार गरिएको जानकारी दिँदै शन चिनले भन्नुभयो,

राष्ट्रिय स्की ज्याङपिङ केन्द्र श्वे रु यीलाई उदाहरणका लागि त्यसको क्लबमा मञ्च अथवा प्रदर्शनीको आयोजना गर्न सकिने छ। क्लबबाट शानदार दृश्य देख्न सकिने छ। रंगशालामा पछि केही खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ। हिउँदे ओलम्पिक खेलकुदले पैचिङ शहरको परिवर्तन गरेको छ। यो हिउँदे ओलम्पिक खेलकुदबाट छोडेको सम्पदा हो।

पैचिङ हिउँदे ओलम्पिक खेलकुदले विश्वमा राम्रो सम्झना छोड्नुका साथै चीनका बरफ र हिउँ खेललाई विकासको नयाँ अवधिमा पुर्‍याएको छ। हिउँदे ओलम्पिक खेलकुदपछि बरफ र हिउँ खेलको लोकप्रियतालाई निरन्तरता दिन, स्वस्थ चिनियाँ सम्बन्धित रणनीतिसँग जोड्न र गुणस्तरीय विकासलाई अघि बढाउनका लागि जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य, पैचिङ अन्तर्राष्ट्रिय शहर विकास अध्ययन प्रतिष्ठानका प्रमुख ल्यान यु मिङले भन्नुभयो,

बरफ र हिउँ खेल , सम्बन्धित उपभोगलाई पैचिङ अन्तर्राष्ट्रिय उपभोग शहरको निर्माणमा राखिनुपर्छ भन्ने मलाई लाग्छ। हामीले बरफ र हिउँ खेल सम्बन्धी संरचना बढाउनुपर्छ, बरफ र हिउँ खेलमा सर्वसाधारणको सहभागीतालाई बढाउनुपर्छ। पैचिङ र चाङ च्या खौ क्षेत्रले हिउँदे ओलम्पिक खेलकुदको सुअवसर समातेर सरकार र बजारको दोहोरो शक्ति राम्रोसँग देखाएर बरफ र हिउँ खेल सम्बन्धी ठूलो उद्योगको निर्माण गर्नुपर्छ। यसका साथै हामीले उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिता पैचिङमा भित्र्याउनुपर्छ। जसबाट दुईटा ओलम्पिक खेलकुदको महत्वपूर्ण मञ्च बन्नसकिने छ।