दुई वर्षदेखि रोकिएको काठमाडौं-मुम्बई उडान सुरु
2022-03-28 16:23:38cri
Share with:

नेपाल वायुसेवा निगमले काठमाडौंमुम्बई उडान पुनः सुरु गरेको छ। करिब दुई वर्षदेखि कोभिड१९ का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो।

 

साताको तीन उडान गर्ने गरी काठमाडौं मुम्बई उडान सुरु गरिएको निगमले जनाएको छ। भारत सरकारले कोभिड१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नियमति उडान सुरु गरिएको नेपालखबर अनलाइनमा खबर छ

 

कोभिड१९ पछि नेपालभारतबीच एयर बबल सम्झौता अनुसार उडान तथा अवतरण हुँदै आएको थियो। नियमति उडान सुरु भएसँगै नेपाल भारतबीचको एयर बबल सम्झौता खारेज भएको छ।

 

एयर बबल सम्झौता अनुसार नेपाल र भारतका नागरिकले मात्र यात्रा अनुमति पाउने गरेका थिए। अब सबै देशका नागरिकले निर्वाध रुपमा उडान अनुमति पाउनेछन्।